मैले गाउँ छोडेपछि.. गायक केबी भन्छन् - जहाँ दुःख हुन्छ त्यहाँ सन्तुष्टि मिल्छ !

मैले गाउँ छोडेपछि.. गायक केबी भन्छन् - जहाँ दुःख हुन्छ त्यहाँ सन्तुष्टि मिल्छ !

काठमाडौं — खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिकास्थित रोबोलुङमा जन्मिएका गायक केवी राई हाल काठमाडौंमा सघर्षरत छन् ।  गीत सँगीतमा करीब दशकै नै बिताईसकेका राईले “जुन” नामक एल्वम २०७० सालमा बजारका ल्याएका थिए ।

जसमा ७ वटा गीत रहेको छ भने उक्त एल्वमको सँगीत भने शिवसँगम राईलेका गरेका हुन् । केबीले लगभग दुई दर्जनभन्दा बढी गीतमा आवाज दिईसकेका छन् । 

सानैदेखि गीत सँगीत भनेपछि औधी रहर गर्ने राईले सँगीतमा थुप्रै सपनाहरु बोकेर काठमाडौं छिरेको अनुभव सुनाए । गीत सँगीत भनेपछि खोटाङ जिल्ला उसैमा चर्चित ठाउँमा गनिन्छ । थुप्रै चर्चित कलाकारहरु खोटाङले नै जन्माईसकेको छ ।

यो साँगीतिक भिडमा आफुलाई कहाँ पाउनुहुन्छ रु भन्ने प्रश्नमा केबी भन्छन् — हरेकको आ—आफ्नै कथा हुन्छ, तर, हामी जुन काम गर्दा खुशि भईन्छ त्यसैमा नै लागी पर्यो भने त्यो जस्तो सन्तुष्टि मिल्ने ठाउँ अरु हुन्न ।

उनले भने — जहाँ दुख अभाव छ त्यहा सन्तुष्टि पनि छ, यसैले म सन्तुष्टिको लागि पनि गीत गाउँछु । गीत सँगीत भनेको मेरो लक्ष्य हो, यसैले म सन्तुष्टि छु । 

केबीले मैले गाउँ छोडपछि, तिमि जल्यौँ, आँखाहरु चिम्लिएर जस्ता थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन् । उनले लोकप्रिया गायिका मेलिना राईसँग पनि सँगै आवाज दिईसकेका छन् ।

अरुसँग आफुलाई दाज्न मन नपराउने केबी भन्छ— लोकप्रियता कमाउनेलाई मात्रै मुल्याँकन गर्ने हाम्रो भिडमा म एउटा सिकारु कलाकार हो ।

अरुको दाजोमा म आफुलाई तुलना गर्न सक्दिन मैले जे गर्छु, मेरो सन्तुष्टिको लागि गरिरहेको छु । नेपाली सुगम सँगीतमा जे छ त्यसै अनुसार नै सँगीतमा लागि पर्नेछु ।

अहिले म सँगीतको विद्यार्थी भएको नाताले म अहिले पनि सिक्दै नै छु । उनले हालै मात्र गायिका मेलिना राईसँग डोएट गरेका छन् । म खुल्छु बोल रहेको गीतमा मेलिना सँगै आवाज दिएका हुन् ।

दिपक देबकोटाको शब्द सँगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । भने अब दिपक देबकोटाकै शब्द र राजु सिंहको सँगीतमा राष्ट्रिय गीत ल्याउने तयारी रहेको बताउँछन् । 

भिडियो लिंक 

https://www.youtube.com/watch?v=sfqOceNf09k&feature=share&fbclid=IwAR3lKICA-gZfFE85DkR33YshQ8ViEoQrfES6DN2aP0FusDuP2QoEwHAUe0I

https://www.youtube.com/watch?v=_8BF3iS_A1g&feature=share&fbclid=IwAR1kyq6vuf9P0ULK33duS3G9kLWANsu18CSajopeHlozdApNxQNMh8Dh7Ts