पत्याउनै नसकिने एक कोसा केराको मूल्य १ लाख !

पत्याउनै नसकिने एक कोसा केराको  मूल्य १ लाख !

एक कोसा केराको मूल्य कति पर्ला ? ५ रुपैयाँ, १० रुपैयाँ, वा बढीमा १५ रुपैयाँ । तर, तपाईंले झण्डै एक लाख ४० हजार रुपैयाँ पर्ने केरा देख्नु भएको छ, पक्कै छैन होला । यदि देखिहाले पनि पत्याउनु हुँदैन ।

यस्तै भएको छ यूकेको नटिङघमकी एक महिलालाई । बबी गोर्डोन नाम भएकी ती महिलाले एक सपिङ सेन्टरबाट अनलाइनमार्फत् केरा अर्डर गरिन् । त्यतिबेला केराको मूल्य एक सय पाउण्ड भन्दा कम थियो ।

जब उनको घरमा केरा डेलिभरी भयो, बिलमा ९३०/११ पाउन्ड उल्लेख थियो । यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा झण्डै एक लाख ४० हजार हुन्छ ।

यति धेरै मूल्यको बिल देखेर ति महिला चकित भइन् । उनले चर्को मूल्य लिइएको भन्दै अप्रिल १७ तारिखमा आफ्नो कम्प्लेन ट्विटरमार्फत् सार्वजनिक गरिन् ।

बीबीसीको रिपोर्टका अनुसार, उनको क्रेडिट कार्डबाट पेमेन्ट रोकिएको छ । र, कम्पनीका प्रवक्ताले प्रिन्ट मिस्टेक भएको भन्दै माफी मागेका छन् ।

यसअघि गत फेब्रुअरी महिनाको अन्तिमतिर पनि एक व्यक्तिले मोबाइल फोन अर्डर गर्दा घरमा साबुन डेलिभरी भएको समाचार सार्वजनिक भएको थियो ।

एजेन्सी