नेप्टे" को आँखा छ चिम्रो” सार्वजनिक / गीतमा देखा परेनन् दयाहांग राई

नेप्टे" को आँखा छ चिम्रो” सार्वजनिक / गीतमा देखा परेनन् दयाहांग राई

 

प्रदर्शनको लागि तमतयार भएको सिनेमा "नेप्टे" को तेश्रो गीत "आँखा छ चिम्रो "  सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको  यो गीतले पनि दर्शकबाट निकै राम्रो साथ् पाउने आशा गरेको छ । 

सार्वजनिक गीत "आँखा छ चिम्रो " मा गायक बिषण राई र दिपा लामाको स्वोर रहेको छ गीतमा शब्द , संगीत भने नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ ।  गीतमा रोहित संगै बुद्धि तामांग हैट , अर्जुन गुरुङ र नायिका पुर्णिमा लामालाई फिचर गरिएको छ । यस  गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।  

 पोस्टरमा भएको "हरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बररर" बोलको सम्बाद निकै हिट छ र ट्रेलरमा भएको "मायामा दाई न साई ' बोलको सम्बाद पनि निकै हिट  छ ।  

फिल्मलाई  निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।  किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । 

फिल्ममा सन्तोष राज , बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ। 

भिडियो