बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि’ (भिडियो)

बुद्ध लामाको पहिलो गीत ‘तिमी साथ भएपछि’ (भिडियो)

काठमाडौं – नेपालको चर्चित रियालीटी शो नेपाल आइडका वुद्ध लामाले तिमी साथ भएपछि बोल रहेको पहिलो गीत बजारमा ल्याएका छन् ।

लामाले गजल गाएका छन् भने अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेले रचेको ‘तिमी साथ भएपछि’ गजल बुद्धले गाएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट गजल भिडियो सार्वजनिक गरिएको छ ।

हरि लम्सालले कम्पोज गरेको गजलको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको गीत अकेस्टिक नेपालमा रेकर्ड गरिएको हो ।

पल शाह र आँचल शर्माको अभिनय रहेको भिडियोका निर्देशक अर्जुन अधिकारी रहेका छन् । भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन र सुरेन बसेलको कोरियोग्राफी छ ।

बुद्ध लामा नेपाल आईडमा आएसँगै नेपाली संगीत क्षेत्रमा मात्र नभई विश्वमा एक होनोहार गायकको रुपमा परिचित भएका छन् ।

भिडियो..