प्रधानन्यायाधीश गोपाल पराजुलीले दिए पदबाट राजीनाम

प्रधानन्यायाधीश गोपाल पराजुलीले दिए पदबाट राजीनाम

काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीले अन्ततः पदबाट राजीनामा दिएका छन् ।  बिहीबार दिउँसो शीतलनिवास पुगेर पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् ।

यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

बालुवाटारमा भएको उक्त छलफलमा प्रधानमन्त्री ओली र नेता प्रचण्डले पराजुलीलाई राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।