"मन मगन युके टुर २०१९" दिपक बज्राचार्य र रिदम ब्याण्डले प्रस्तुति दिने

"मन मगन युके टुर २०१९" दिपक बज्राचार्य र रिदम ब्याण्डले  प्रस्तुति दिने

 

नेपाली पप गायनका सदाबहार हिट गायक दिपक बज्राचार्य  “मन मगन” को अपार सफलता र लोकप्रियता पछि मेगा हिट भए संगै गायकको डिमाण्ड ह्वात्तै बढेर विश्वका धेरै देश र शहरहरुमा “मन मगन” गराउंदै नेपाली संगीतलाई प्रबर्दन गर्नमा ब्यास्त छन्  । 

“मन मगन”को सफलतालाई हेर्दा बिश्व स्तरीय हिट गीतहरुको लहरमा उभिएका थोरै नेपाली गीतहरु मध्यमा एक उत्कृष्ठ गीत बन्न सफल बनेको उत्कृष्ठ गीत हो  । 

यहिँ सफलतालाई युकेका नेपालीहरुसँग नाच्दै खुशी साट्न  सुपरहिट गायक दिपक बज्राचार्य रिदम ब्याण्डसँगै युके आउंदै छन्  । 

"मन मगन युके टुर २०१९" कार्यक्रम सपन इन्टरटेन्मेण्टको आयोजनामा हुन लागेको हो । 

बर्ष २०१९ कै भब्य साँगितिक कार्यक्रमका रुपमा युकेमा आयोजना हुन लागेको कार्यक्रमको तयारि पनि भब्य नै भैरहेको छ । टिकट बुकिङ् सुरु भै सकेको र टिकट बिक्रि लगभग सकिनै लागेकाले पनि कार्यक्रम भब्य हुने प्रति ढुक्क हुन सकिन्छ  । 

अल्डरसटको ठुलो हल मध्यको एम्पायर हलमा हुन लागेको कार्यक्रमको टिकट सकिन लागेको हो  । 

अहिले सम्म २ वटा मात्रै ग्राण्ड कार्यक्रमको तयारि भएको यो कार्यक्रममा ठुलै संगीत प्रेमीहरुको उपस्थिति हुनेमा आयोजक बिश्वस्त रहेको छ । 

सपन इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम अरु भन्दा ब्याबस्थित र भब्य हुने गरेकाले पनि यो ग्राण्ड कार्यक्रम हुने प्रति बिश्वास गर्न सकिन्छ । 

अगष्ट ३० मा केटीएम क्लब ह्यारो र अगष्ट महिनाको अन्तिम दिन ३१ अगष्ट साँझ अल्डर सटमा पहिलो पटक लाईभ "मन मगन" घन्किने छ, त्यो उत्कृष्ठ धुन ताल अनि संगीतमा युके बासि नेपालीहरु झुम्ने छन् र एउटा फेरी कहिले नफर्किने साँगितिक धमाकाको साक्षी बन्ने छन् । 

अल्डरसटको कार्यक्रम साँझ ८:३० देखि शुरु भएर बिहानको २:३० सम्म चल्ने छ, रिदम ब्याण्ड र गायक बज्राचार्यका अलावा दाजुभाई ब्याण्ड र अन्तमा डिजे एस काजी ले नचाउने छन् । 

१८ बर्ष माथिकालाई आयोजना गरिएको कार्यक्रम भएकाले १८ वर्ष माथिकालाई मात्रै प्रवेश गर्न दिईने छ ।

अग्रिम टिकट लिनेहरुलाई बिशेष छुट भएकाले अग्रिम नै टिकट बिक्रि सकिने अनुमान लगाउन सकिन्छ । 

सँधै भब्य उत्कृष्ठ र सानदार कार्यक्रम आयोजना हुँदैनन् मौकालाई सदुपयोग गरेर मनोरन्जन गरेर खुशी बनौँ । 

अहिले सम्म "मन मगन" लाई युट्युबमा १७ मिलियन ८ लाख ३७ हजार बढीले हेरिसकेका छन्  । 

"मन मगन" हुन ३० अगष्टमा केटीएम क्लब ह्यारो अनि ३१ अगष्ट साँझ अल्डरसटको एम्पाएर हलमा भेटौं भनेर गायक स्वयंले युके बाशी नेपालीहरुलाई निम्तो दिएका छन । 

 मन मगन बाहेक गायकका ओ अमिरा, मायाको डोरीले, ऋतु, अल्लारे, काली काली, झुमी झुमी लगायत दर्जनौं हिट गीतले नेपाली संगीत प्रेमीहरुको मन जिति सकेका छन्  । कार्यक्रमको सफलताको सुभकामना गायक कलाकार र आयोजक सबैलाई  । 

 

https://www.facebook.com/100000269188111/posts/2812889752063303?s=1436615747&sfns=mo

 

https://youtu.be/VtYmTUMjZMA

https://youtu.be/A0GOxBv