“बीर बिक्रम २” को युकेमा भब्य रेड कार्पेट प्रिमियर शो सम्पन्न
मिलन चाम्स निर्देशित पछिल्लो चलचित्र "बीर बिक्रम २" को युकेमा पनि ग्राण्ड रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ |
नेपालबाट कार्यक्रममा सहभागी हुन निर्देशक मिलन चाम्स र नायिका वर्षा सिवाकोटी लण्डन आई पुगेर कार्यक्रममा सहभागी हुनु भएको थियो |
सपन इन्टरटेनमेन्टको आयोजनामा अल्डरसटको प्रिन्सेस हलमा आयोजित रेड कार्पेट प्रिमियरमा सहभागी हुन कलाकार रितेश चाम्स र नायिका वर्षा सिवाकोटी लिमोजिन चढेर कार्यक्रम स्थल पुग्नुहुँदा उपस्थित दर्शकहरुले खादा र फुलको बुके दिएर रेड कार्पेटमा स्वागत गर्नु भएको थियो |
उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा युकेमा रहनु भएका कलाकारहरु सनम कुमार बैराग, प्रसुना कँडेल, रोमियन लिम्बु, नायक ध्रुब दत्त, रुपा पुन, नायिका जसीता गुरुङ, गायिका ऋतु खरेल, गायक / संगीतकार न्य्हू बज्राचार्य, गायक योगेश्वर अमात्य संचारकर्मी सुमन खरेल, निर्माता निकेश लिम्बु, निर्देशक सुल्तान ईडिङ्गो, ईश्वर चाम्लिङ्ग, गायक पूर्ण लिम्बु, हेम तामाङ् लगायत अन्य थुप्रै कलाकारहरुको बाक्लो उपस्थिति थियो |
बिबिध कारणले "बीर बिक्रम २" को प्रदर्शन मिति पहिलाको मिति देखि ढिलो गरि अर्को मितिमा सार्नु परेको साथै निर्देशक राष्ट्रिय चलचित्र पुरस्कार देखि उत्कृष्ठ निर्देशकको सम्मान द्वारा सम्मानित हुनु भए पछि सम्मान ग्रहण गर्ने बित्तिकै युके उड्नु परेकाले कार्यक्रमकै दिन निर्देशक र नायिका युके उत्रिए लगत्तै कार्यक्रम स्थल पुगेर कार्यक्रम सम्पन्न भएको थियो |
कार्यक्रमको शुरुमा टोकन अफ लभ दिएर कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने मिडिया पार्टनर अजम्बरी टिभी / अजम्बरीडट कम र सपन इन्टरटेनमेन्टलाई मायाको चिनो साथै कलाकार रुपा पुनलाई सम्मान-पत्र र दोसल्ला ओढाएर निर्देशकलाई अहिले सम्म साथ र सहयोग अनि हौसला प्रदान गर्नु भएको प्रति सम्मानित गरिएको थियो |
चलचित्र "ब्लाइण्ड रक्स" का निर्माता निकेस लिम्बुलाई उत्कृष्ठ फिल्मको राष्ट्रिय पुरस्कार अवार्ड संगीतकार न्य्हू बज्राचार्यको हातबाट प्रदान गर्दै सम्मानित गरिएको थियो - नेपालमा महामहिम राष्ट्रपति विद्या देबी भण्डारीको बाहुली देखि निर्देशकले ट्रफी ग्रहण गरेर युके ल्याई दिनु भएको थियो !
फिल्म शुरुहुनु भन्दा अगाडी, "गोर्खा वारियर" गोर्खा योद्दाको टिजर देखाईएको थियो | मिलन चाम्सको मेगा बजेटको मेगा प्रोजेक्ट "गोर्खा बारियर" सन् २०२१ मा प्रदर्शन गर्ने लक्ष रहेको छ | बेलायति नागरिकहरुको पनि उपस्थिति रहेकाले टिजरले धेरैलाई आकर्षित गरेको थियो |
चलचित्र हेरिसके पछी प्राय सबैको प्रतिक्रिया "बीर बिक्रम २" अत्यन्तै राम्रो फिल्म भएको भन्दै हिन्दि फिल्म लाई पनि उछिनेको भन्दै प्रसंसा गर्दै निर्देशक र टिमलाई सबैले बधाई दिएका थिए |
धेरैले फिल्म उत्कृष्ठ भएको भन्दै नहेरेकहरुलाई हेर्ने सुझाब दिएका छन् |फिल्म सकिए पछी नेपाली चलचित्र संघ युकेले नेपालबाट आउनु भएका निर्देशक र नायिका अनि अन्य कलाकारहरुलाई खादा फुलको बुके सम्मान पत्र दिएर सम्मान गरेको थियो | दुवै कार्यक्रमको सन्चालन नायिका तथा कार्यक्रम प्रस्तोता सिर्जना निंगलेकुले गर्नु भएको थियो !
युकेका बिभिन्न ठाउँहरुमा अब बीर बिक्रम २ को शोहरु गर्ने तयारि रहेकाले प्रिमियरमा फिल्म हेर्न छुटाउनेहरुलाई बीर बिक्रम २ हेर्ने अवसर पुन: प्रदान गरिने छ | फिल्म प्रदर्शन गर्न चाहनु हुनेहरुले हामीलाई सम्पर्ग गरेर पनि प्रदर्शनको लागि जानकारि लिन सक्नु हुनेछ छ |