‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज 

‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज 

काठमाडौं — लोकप्रिय नायक दयाहाङ राई अभिनित चलचित्र  ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । 

भदौ १३ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको हो । 

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य अभिनय हेर्न सकिनेछ । 

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । 

तर, यो चलचित्रको टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ ।

रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।