किँरात प्रदेश जातीय होईन, नेपालको सभ्यता होः राम दंगाल

किँरात प्रदेश जातीय होईन, नेपालको सभ्यता होः राम दंगाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता खोटाङ्ग सचिव राम प्रसाद दंगालले किराँत भनेको कुनै जातीय नाम नभई सम्पुर्ण नेपालीहरुको साँस्कृतिक एैतिहासिक सभ्यता रहेको बताएका छन् । 
उनले भने–बाहुनले सराद पढ्दा भन्न मिल्ने, तमासुकमा लेख्न मिल्ने, आज किँरात प्रदेश भनेर लेख्दा चाहि बाहुन, नेवार, तामाङ्गले यो हाम्रो राज्य होईन भन्नु कुनै आवश्यक्ता छैन । किँरात भनेको सभ्यता, राष्ट्रियता रहेको उनको भनाई छ । 


सबै जुटौँ विकासमा हातेमालो गरौँ भन्ने नारासहित काठमाडौंमा बसोबास गर्ने बतासेवासीद्धारा राजधानीस्थित पशुपति क्याम्पसमा शनिवार दंगाललाई बधाई दिन आयोजित बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै दंगालले जसरी साकेला शीलीमा नाच्दा प्रकृतिकसँग जोडिएको एैतिहासिक कुराहरुलाई चित्रण गरिन्छ त्यहि नै नेपाली सभ्यता रहेको बताए । 


प्रकृतिले नै मानिसलाई जोगाएको छ, प्रकृतिको पुजा गर्नु हाम्रो संस्कृति रहेको उनको भनाइ छ । सबैलाई समानतापुर्वक हेर्ने, अन्याय नसहने, झुट नबोल्ने अतिथीहरुको सत्कार गर्ने त्यो नै किरात संस्कार रहेको उनले बताए । हाम्रो भाषा लिपीहरु सबै हराईसकेकोले यसको संरक्षक र संर्वद्धनमा जुट्नुपर्ने बताए । 
त्यस्तै उनले स्थानीय जनप्रतिनिधिहरुलाई ईगित गर्दै भने–जनप्रतिनिधि भनेको जनताको दुःख र सुखको सहयात्री हो । राम्रो काम गर्नेहरुको लागि यो अवसर हो, राम्रो गर्न नसक्नेहरुलाइ चुनौतीसमेत दिए ।

 
उनले बतासेवासीलाई विशेष कृषिमा जोड दिन आग्रह गर्दे भने-'हाम्रो ठाउँमा जे हुन्छ जे फल्छ त्यसैलाई संरक्षण सम्र्वद्ध र ध्यान दिन जरुरी छ ।' उनले  बतासेका जनताले अब पानी-विजुलीको अभावबाट मुक्त हुने बेला आएको उनको भनाई छ । 
विकास र रोजगारको लागि बतासे मात्रै नभई समग्र खोटाङ्गेले नै एकताको भाव राखे विकट होईन विकसित खोटाङ्ग भनेर चिनाउन सकिने बताए । 

कार्यक्रममा नेपाल आयल निगम लि. आधारिक ट्रेड युनियन अध्यक्ष गोपालचन्द्र राई, समाजसेवी तथा नेपाल सरकारको साखा अधिकृत बलराम लम्साल, भीम, पत्रकार प्रकाश चाम्लिङ्ग, महेन्द्र राई लगायतले आफ्नो भनाई राखेका थिए । 
त्यस्तै कार्यक्रममा बतासेका साहित्यकार, कलाकारहरुको पनि उपस्थिती रहेको थियो । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति खोटाङ्गको सचिवमा निर्वाचित नेता राम प्रसाद दंगाललाई शुभकामना तथा बधाई दिन आयोजना गरिएको कार्यक्रममा विशेष त खोटाङ्ग बतासेको अवस्था र विकास सम्भावना चुनौतीहरुको विषयमा छलफल भएको थियो । 

बतासे काठमाडौं सम्पर्क मञ्चको संस्थापक अध्यक्ष ईन्द्र राईको अध्यक्षता तथा युवा नेता ललितन्द्र राईले सञ्चालन गरेको कार्यक्रममा काठमाडौंमा बसोवास गर्दै आईरहेका बतासेका दुई दर्जन बढीको उपस्थिती रहेको थियो । 

https://www.facebook.com/Ajambari.TV/videos/2323460787689810/