बाबुराम र बैद्यलाई एकतामा आउन प्रचण्डको आग्रह !

बाबुराम र बैद्यलाई एकतामा आउन प्रचण्डको आग्रह !

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि मान्छेहरु शान्ति प्रक्रिया भाँड्न युरोपदेखि संसारभर घुमाएर हिडेको बताए ।  

 शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको भन्दै प्रचण्डले भने— नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्ये एक हो । 

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने प्रचण्डको दाबी छ । 

विभिन्न नेताहरुको नेकपामा प्रवेशले सबैले प्रतिक्रियावादी षडयन्त्रमाथि एउटा सशक्त प्रतिवादको प्रतिनिधित्व गर्ने उनको भनाई छ । 

उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।