प्रयासको पहिलो कृति- 'प्राञ्जल'को बिमोचन

प्रयासको पहिलो कृति- 'प्राञ्जल'को बिमोचन

काठमाण्डौ — युवा लेखक-साहित्यकार प्रयास दुमी राईको 'प्राञ्जल' नामक उपन्यास शुक्रबार राजधानीस्थित मण्डला थिएटरमा बिमोचन गरिएको छ । 

मुलबाटो प्रतिष्ठान नेपालद्धारा आयोजित विमोचन समारोहमा साहित्यकार कवि प्रगती राई, कवि स्वप्निल स्मृति, युवा विश्लेषक प्रभात राई लगायतको उपस्थितीमा उन्यास प्रञ्जलको  बिमोचन गरिएको हो । 
 

साहित्यकार प्रयासले पहिलो कृति 'प्राञ्जल' उपन्यासमार्फत युवाहरुको चित्रण गरेका हुन् । उपन्यासमा युवायुवतीहरुको प्रेम, सम्बन्ध र जीबनलाई चित्रण गरिएको छ । किशोरबस्थामा उत्पन्न भएका माया, प्रेम र सम्बन्धले पारेको प्रभाबलाई उल्लेख गर्न खोजिएको छ । 

खोटाङमा जन्मिएर राजधानीमा कर्मथलो बनाउँदै आएका प्रयास सानैदेखि नै साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका छन् । कवि बच्चु हिमान्सुले सञ्चालन गरेको कार्यक्रममा थुप्रै साहित्यकार, पत्रकार, कलाकार लगायतको उपस्थित रहेको थियो ।