विरोध भएपछि आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट सरकार पछि हट्यो

विरोध भएपछि आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट सरकार पछि हट्यो

काठमाडौं — चौतर्फि विरोधपछि सरकार भारतीय फिल्म अवार्ड ९आईफा० आयोजना गर्ने निर्णयबाट पछि हटेको छ । असार ८ गते मन्त्रिपरिषद बैठकबाट सरकारले भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

त्यसपछि उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाई अनुसार यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने खबर छ । 

मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो ।