परदेश: हरपल आउँछ याद मेरो त्यो गाउँ घरको !

परदेश: हरपल आउँछ याद मेरो त्यो गाउँ घरको !

कविता - परदेश [ ... ] 

हरपल याद आउँछ मलाई 
मेरो त्यो गाउँ घरको । 
पल पल म मर्छु अनि 
बगाई पसिना रगतको ॥

देश त हाम्रो स्वर्गै थियो 
परिपाटीले जीर्ण बनाए । 
निर्दोष सोझा जनताहरु 
बिदेशिनु बाध्य बनाए ॥

दोष छैन पुर्खाहरुको जस्ले
बहादुर गोर्खे भनी चिनाए । 
दोषी हो त्यो गरिबी जस्ले 
कुल्ली भनी विश्वभर हिँडाए ॥

हरपल याद आउँछ मलाई 
पवित्र हिमाल नीलो गगनको । 
पल पल म मर्छु अनि 
बगाई पसिना रगतको ॥

बुझिँदैन याहाँ भाषा केही 
चारै तिरा छ गर्मी धपधपी । 
चूहून्छ पसिना तरतरी 
पोल्छ शरीर अनि भतभति ॥

गर्छु म अनि कल्पना 
शीतल त्यो चौतारीहरुको । 
झल झल आउँछ याद पनी 
सँगै खेल्ने त्यो दौंतरीहरुको ॥

हरपल याद आउँछ मलाई 
हाँसखेल त्यो ठट्टा मजाकको । 
पल पल म मर्छु अनि 
बगाई पसिना रगतको ॥

टाउको दुख्छ जरो आउँछ 
हुँदैन कोही सोध्ने याहाँ  । 
बेहोस भई ढले पनि 
छैन कोही उठाउने याहाँ ॥

यता आऊ बस चिया खाउँ 
भन्नेहरु थिए धेरै त्याँहा । 
तर बिहान देखी व्यस्त सबै 
छैन कोही फुर्सदमा याहाँ ॥

हरपल याद आउँछ मलाई 
त्यो आत्मीय स्वभावको । 
पल पल म मर्छु अनि 
बगाई पसिना रगतको ॥

भन्छु सबलाई खाई ढिँडो 
गर पौराख आफ्नै देशमा  । 
बा.आमाको आँसु पुछ्दै 
रमाऊ स्वर्गीय परिभेषमा ॥

पवित्र हिमाल शीतल पहाड, 
अनि त्यो सुन्दर तराई । 
हाम्रो भाषा अनि हाम्रो भेष 
नदेऊ हुन कहिल्यै पराई ॥ 

हरपल याद आउँछ मलाई 
मेरो त्यो गाउँ घरको । 
पल पल म मर्छु अनि 
बगाई पसिना रगतको ॥

ज्ञान बहादुर लामा "दोङ"