विदेशमा रहेका नेपालीहरुलाई कन्काइष्टको मार्मिक सन्देश !

विदेशमा रहेका नेपालीहरुलाई कन्काइष्टको मार्मिक सन्देश !

काठमाडौं — गायक तथा सँगीतकार साथै हिडन सुपरस्टार भनेर चिनिने कन्काईष्ट राईले विदेशी भुमिमा जीबन ब्यतित गरिरहेका लाखौँ नेपालीहरुलाई मार्मिक सन्देश लिएर आएका छन् । 

गायक कन्काईष्टको पछिल्लो समय एकदेखि अर्को गीत आउने क्रम जारी छ । भर्खरै मात्र चर्चित गीतकार भूपाल राईको शब्द रहेको  ‘फर्क साथीहरु’ बोलको नयाँ गीत लिएर दर्शकसामुख आएका हुन् ।

बैदेशिक रोजगारीको शिलशिलामा विदेशिएका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई स्वदेश फर्किनको लागि मार्मिक सन्देश बोकेको छ । गीतको सँगीत भने चर्चित गायक तथा सँगीतका डाक्टर किँरातले गरेका छन् । किराँत नव–सांस्कृतिक केन्द्रको प्रस्तुति र कन्काईष्ट राईको आवा रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । 

भर्खरै मात्र युटुबमार्फत सार्वजनिक गरिएको गीतमा हाष्य कलाकार पार्वन राई, कलाकार जाईका बान्तवा, दिपेश राई, लता कार्की, जोर्डन राजभण्डारी, अस्मिता राई र रेखा मगरको राम्रो अभिनय देख्न सकिन्छ । 

भिडियो हेर्नुहोस्...