गलबन्दी विवाद दुवै गायकहरुको जित, शम्भु राईको सँगीत

गलबन्दी विवाद दुवै गायकहरुको जित, शम्भु राईको सँगीत

 

 

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई र अहिलेका चर्चित गायक प्रकाश सपूतबीच गीतकाे लय मिलेको विषयमा बढेको विवाद सकिएको छ । 

प्रकाश सपूतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ बोलको गीत शम्भु राईको "देउसी भैलो" गीतको लय तथा संगीतसँग मिलेको निष्कर्ष निकाल्दै सहमतिमा पुग्ने निर्णय भएको हो । सहमतिअनुसार अब  "गलबन्दी च्यातियो" मा संगीत सिर्जना शम्भु राई र पुन: संगीत सिर्जना प्रकाश सपुत राखिने भएको छ ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी "गलबन्दी च्यातियाे" बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहीबमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गरिनेछ ।’

दुई गायकबीच भएको चार बुँदे सहमतिपछि शम्भु राईद्वारा प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दर्ता गराउनु भएको  प्रतिलिपि सम्बन्धि मुद्दा  फिर्ता गरिने भएको छ ।

 

सामाजिक संजालमा अश्लिल गालि गलौज गर्दै जातीय कुरा समेत मुछेर अवाञ्छित हर्कत हुन थालेपछि दुवै सर्जक गायकहरुलाई यो बिषयको यथा शिघ्र अन्त्य गर्नु पर्ने दबाब सिर्जना भएको साथै प्रतिलिपि रजिस्ट्रार कार्यालयको सहमति गर्ने ३ दिने  अल्टिमेटमको अन्तिम दिन दुवै पक्ष बिच सहमति भए पछि सौहार्द पूर्ण तरिकाले यो समस्याको समाधान भएको छ ।

दुवै गायक बीच सौहार्दपूर्ण तरिकाले सहमतिको लागि कुराकानी हुँदै गर्दा सामाजिक संजलामा भने लय मिल्यो र लय मिलेन भन्ने समर्थकहरुका बीच बिभिन्न नकारात्मक बहस र टिका टिप्पणी हुँदै जातिय विभेद मिसिएका अत्यन्तै संकुचित सोंचका साथ सामाजिक सदभाब बिथोल्ने खालका अभिव्यक्ति सामाजिक संजालमा आउन थाले पछी दुवै गायकहरुले फेसबुकमा आफ्नो भनाइ सार्बजनिक गरेका थिए ।

दुई गायकहरु सहमतिमा आए पनि साँगितिक जगतका र गीत संगीत प्रेमिहरुको ठुलो जमात सहमतिको तेश्रो बुँदा प्रति असन्तुष्ट रहेका छन् । जहाँ आर्थिक लाभ पुन: सिर्जना गर्ने पक्षलाई हुने बुँदा उल्लेख छ । जुन कार्यले भविष्यमा यस्ता घटना घट्ने भन्दा बढ्ने चिन्ता बढीले गरेका छन् ! कार्यबाहीको सट्टा पुरस्कृत गर्दै बैधानिकता प्रदान गरेर भविष्यमा यस्तै कार्य गर्न प्रोत्साहन गरेको देखिएको र त्यो कार्यले नकारात्मक नजिर स्थापना गर्ने देखिएको छ ! यध्यपि गायक शम्भु राइले आफ्नो सोंच नयाँ गायकलाई हतोत्साही होइन हौसला दिनु रहेकाले पनि आर्थिक कुरासँग कुनै महत्व र लालच नरहेको प्रति आफुले स्पष्ट धारणा राखी आएको कुराको प्रमाण यहाँ प्रस्तुत गरेर बरिष्ठ गायक हुनुको बडप्पन प्रस्तुत गर्दै आफ्नो प्रतिष्ठा अझै माथि उठाउन सफल बनेको जनमानसमा चर्चा छ ।

बिबादित कुराको सहमति भए पछि दुबै पक्षले स सम्मान जित हाँसिल गर्न सफल भएको भनेर संगीतका दिग्दजहरुले खुशी व्यक्त गरेका छन् ! यो बिबाद अन्त्य संगै दुई भागमा विभाजित सामाजिक संजालका संगीत प्रेमीहरुले सन्तोष महसुश गर्ने प्रति हाम्रो बिश्वाश रहेको छ !  

दुवै राष्ट्रका गहना सर्जक गायकहरु प्रति बधाई  !