गलबन्दी गीतको लयसँग सम्बन्धित मुलघरे कान्छाको बिचार जस्ताको तस्तै

गलबन्दी गीतको लयसँग सम्बन्धित मुलघरे कान्छाको बिचार जस्ताको तस्तै

 

नेपाली सांगितिक वृतमा लामो समय देखी एक स्थापित श्रष्ठा/सर्जक कलाकारको Legendary नाम हो शम्भु राई।

पछिल्लो समयमा शम्भु राईको (आऊ नाचौ साथी हो कम्मर कसेर) भन्ने गीतको लय प्रकाश सपुतले(गलबन्धि च्यातियो) भन्ने गीतमा लय चोरी/कपि गरीएको विषयमा विवाद बढिरहदा मैले सुरुवात देखी अहिले सम्म सुक्ष्म ढंगले नियाली रहेको छु।प्रकाश सपुतको (गलबन्दि च्यातियो) शम्भु राईको गीतको लयसंग करीबन मिलेकै देखियो ..दोस्रो(Rap Battle)गीत स्व नारायण गोपालको गीत (बैनीको दया छ भने)संग ठ्याक्कै लय मिल्नु ..अझ तेस्रो पनि(हुरुरु)पनि (सालको पात टपरी) संग एकपछि अर्को संग मिल्नु यो सबै संयोगमात्र नभएर प्रकाश सपुतको नियत नै हो भन्ने प्रष्ट छ।यो सांगितिक वृतमा बडो चलाखी पुर्ण पुरानो श्रष्ठाहरुको सिर्जना/लय कपि गरेर आफु स्थापित हुने प्रवृतीको एक उदाहरण हो यो।

कुनै पनि समाज/राष्ट्रको सांस्कृतिक,सामाजिक विषय वस्तुलाई आफनो सिर्जनाको रुपमा ढाल्ने/समाजको कुराहरुलाई आफनो सिर्जना मार्फत व्यक्त गर्ने मानिसहरुलाई श्रष्ठा भनिन्छ।मेरो विचारमा श्रष्ठा/सर्जकहरुलाई गीत लेख्नु/गाऊनु पनि कठिन विषय नै हो त्यो भन्दा पनि अति कठिन विषय चाहि (कागजमा लेखीएको शब्दलाई भाका लयमा ढालेर संगित भरेर गीतको रुपमा रुपान्तरण गर्नु चाहि अति कठिन विषय हो)।जसले आफनै मौलिक संगित लय भाका,ट्युनहरु कल्पना गरेर सिर्जना गर्दछन र गाऊदछन उ नै वास्तविक असली श्रष्टा हुन।

आजभोली नयाँ आफनै मौलिक सिर्जना नगर्ने पुराना श्रष्ठाहरुको सिर्जनाहरुको थोर बहुत शब्द/संगित/लय चोर्ने अनी आफु त्यस्को श्रष्ठाको रुपमा स्थापित हुने,यो गलत प्रवृतीको विकास भईरहेको छ।

एकजना विदेशी गायक(Arko Mukharje) ले (तिम्रो नै माया लाग्दछ साईली)भन्ने गाएर युटुबमा हाल्दा रातारात चर्चित भो,सबैको मन मस्तिष्कमा उनी बस्न सफल भए तर यो गीत झलकमान गन्दर्भले वर्षौ पहिला नै गाएको गीत हो भन्ने सबैले भुले।अहिले ओरीजिनल गायकहरुको गीत भन्दा कभर गीत गाऊनेहरु Millions viewers बढाएर स्थापित भएको उदाहरण धेरै देखिन्छ यस्तो अवस्थामा उक्त सिर्जना गीत संगीतको ओरीजिनल श्रष्ठालाई भुलेर नै Cover Song गाऊनेलाई नै वास्तविक श्रष्ठा हो भन्ने भ्रम पनि धेरैलाई पर्न जानेरहेछ।कुनै समयमा काली प्रसादको Insta को फोटो सर्वाधिक चर्चित गीत पनि Italian/French कलाकार Carli Bruniको गीतको लयसंग ठ्याक्कै मिल्यो भनेर विवाद बढेको थियो।गीतको शब्द मात्र सिर्जना होईन उक्त गीतमा रहेको भाकाहरु,लय,टोन संगित पनि सिर्जना हुन।

कागजमा कोरीएको शब्दलाई भाका लयमा ढालेर गीत बनाऊनु झनै श्रष्ठाहरुको निमित्त कठिन काम हो।अन्तराष्ट्रिय जगतको गीतको लयसंग मिल्दा पनि त्यहाँ लय कपि गरीएको प्रंसग आयो भने यहाँ त सम्भु राई नेपाली लोक संगितको श्रष्ठा हुन र वहाँ लगायत धेरै दिग्गक कलाकारहरुले प्रकाश सपुत भाईको गीतसंग लय मिलेको छ भनेर जायज दाबी गरीएको छ।नेपाली सांगितिक वृतमा अहिले जो पनि सजिलै गायक बन्न सक्दछन,आधुनिक डिजिटल प्रविधिको सहयोगमा जो पनि गायक र कलाकार बन्न सक्दछन,त्यसैले कलाकार हुन आजभोली कुनै मापदण्ड छैन र उसलाई कलाकारको जिम्मेवारी के हो भन्ने हेक्का पनि हुदैन जसले जस्तो गीत संगित पनि बनाईरहेका छन।

कुनै समय सांगितिक वृतमा प्रवेश गर्न पनि निश्चित मापदण्ड हुन्थियो सबैले अनुमती लिनु पर्दथियो आफ्नो स्वरको परीक्षा दिनुपर्ने नियम हुन्थियो।नेपाली संगित जगतमा प्रवेश पुर्व आधिकारीक रुपमा मापदण्ड पुर्याएर मात्र रेडियो नेपालको (Voice Test)उतिर्ण/पास गरेर सांगितिक जगतमा प्रवेश गर्न पाईन्थियो।

शम्भु राईले वि.सं २०४१ सालमा रेडियो नेपालको आधिकारीक अग्नी परीक्षा (Voice Test)पास गरेर नेपाली सांगितिक जगतमा पाईला टेकेर नेपाली लोक भाकाको संरक्षण प्रबर्द्धन गर्न सिंगो लोक संगीत जगतलाई नै आफनै काँधमा बोकेर आजसम्म हिडेका Legend कलाकार हुन।

नेपाली सांगितिक वृतमा दिग्गज व्यक्तित्व Legend कलाकारहरुको सांगितिक क्षेत्रमा योगदान र वहाँहरु प्रतीको सम्मान हुदैन भन्ने उदाहरण यो विवाद पनि हो।सांगितिक वृतमा आफुभन्दा अग्रज कलाकारको योगदानलाई जसले सम्मान गर्न जान्दैन उसले नेपाली सांगितिक जगतलाई राम्रो संग बुझेकै छैन भन्दा पनि हुन्छ।

प्रकाश सपुतले बुझ्नु पर्ने कुरा मानिस क्षणिक रुपमा चर्चित हुनु नै ऊ सफल हुनु होईन क्षणिक रुपमा कमाईएका चर्चाहरु पानीको फोकाहरु फुटेर गएझै क्षणिक रुपमा नै हराएर गएको प्रशष्त उदाहरणहरु नेपाली संगित जगतमा पाईन्छन।कुनै समय (नाई मलाई त्यहि केटि चाहिन्छ) भन्ने गीत गाएर सर्वाधिक चर्चित बनेका गायक प्रकाश पौडेल,ए बा किन्देऊ न भटभटे गाएर चर्चित भएका श्रि कृष्ण लुईटेल,Sunday morning Love you गाऊने भिम निरौला जस्ता कलाकारहरु आज हराएका छन।ती गीतहरु अझै पनि गाँऊघरमा चर्चित नै छन,त्यस बेलाको ती गीतहरु सर्वाधिक चर्चित गीतहरु हुन।त्यसैले चर्चित बन्नु नै सफल कलाकार हुनु होईन यस्ता दुई दिने चर्चाहरु केहि क्षणमै हराएर जान्छन।

अहिले केहि गीतहरु चर्चामा आईरहदा प्रकाश सपुतले आफुलाई सम्हाल्न नसक्ने गरी हौसीएको,थोरै अंहकार र घमण्ड पलाएको हुनसक्दछ।यस्तो बेलामा प्रकाश सपुतलाई उचीत सल्लाह सुझाब र निर्देशनको आवश्यक पर्दछ।यो गीतको लय मिलेको भन्ने विवाद आएको सुरुवातमै प्रकाश सपुतले आफुभन्दा अग्रज गायक सम्भु राईसंग प्रत्यक्ष भेटघाट गरेर वहाँको आत्मसम्मान र सिर्जनाको कदर गर्दै शिर झुकाएर माफि क्षमायाचना गर्दै संगै मिडियामा आएर विवादलाई मिलाऊन तिर लागेको भए प्रकाश सपुतको शिर अझ उच्च हुनेथियो,चर्चित मात्र होईन उनी साच्चै नै विवेकशिल र जिम्मेवार कलाकार रहेछन बुझिनेथियो।तर त्यसो नगरेर आफु पनि वर्तमानमा चर्चित भएको कारण थोरै घमण्ड र अहंकार देखाएर सम्भु राईसंग नझुक्ने,केटाकेटिपन देखाएर फेसबुके चिठ्ठि लेखेर वहाँको गितहरु नसुनेको जस्ता अभिव्यक्ती दिएको कारण प्रकाश सपुतले नेपाली लोक संगितलाई कति बुझेको कलाकार हो भन्ने प्रष्ट बनाएको छ।

नेपाली सांगितिक जगतमा शम्भु राईको सिर्जनाहरु गीतहरु अहिले जस्तो प्रविधिको Viewers लाई हेरेर मापन गरीन्थिएन नेपाल भरीको गाँऊघर बस्ती बस्तीमा रेडियोमा सुनिन्थियो र बुढो पाको देखी केटाकेटिको मन मस्तिष्कमा गुन्जिएर बसेको हुन्थियो।वहाँको धेरै गीतहरु मध्य(चिठ्ठि तिमिलाई लेखु भन्छु...मनको कुरा मनमै रहयो)अझै पनि उतिकै लोकप्रिय छ।शम्भु राईले हरेक ईन्टरभिऊमा प्रष्ट पारेको छ वहाँले चार आना पैसा चाहिएको होईन मैले कुनै नाम दाम खोजेको होईन अलिकति मेरो गीतको लय मिलेको कारण त्यो मेरो सिर्जना हो त्यसमा मेरो पनि अस्तित्व रहनु पर्दछ बारम्बार भनेका थिए।

प्रकाश सपुतले वहाँको सारा कुरा बेवास्ता गरेर म चर्चित छु भन्ने अंहकारले गर्दा म पेलेरै जान्छु भन्ने जुन थोरै घमण्डपन देखियो त्यसले झन प्रकाश सपुतलाई एउटा गैरजिम्मेवार कलाकार हो भन्ने पुष्टि गरीदियो।अन्तमा:-नेपाली सांगितिक जगतमा कयौँ उत्कृष्ठ र धेरै कलाकारहरु समय समयमा सर्वाधिक चर्चामा आए र समय संगै हराएर गएका प्रशष्त उदाहरणहरु छन,क्षणिक रुपमा चर्चा बटुल्नु नै सफल कलाकार बन्नु होईन यस्ता क्षणिक चर्चाहरु पानीका फोका जस्तै फुटेर गएका छन।त्यसैले अझै पनि प्रकाश सपुतले म चर्चित छु भन्ने हौसिएको अंहकार छ त्यो त्यागेर एउटा विवेकशिल जिम्मेवार कलाकारको रुपमा नेपाली लोक संगित जगतको Legend हरु प्रती वहाँहरुले तय गरीदिएको मार्गको सम्मान गर्दै शिर झुकाएर स्वयम सम्भु राईसंगै मिलेर वहाँको सिर्जनाको कदर गर्दै विवादलाई मिलाऊन तिर लाग्ने हो भने एक जिम्मेवार कलाकारको रुपमा परीचय बनेर सम्मान बढ्नेछ।होईन भने जे-जसो गरेरै भएपनि दुई दिने चर्चा त कमाऊन सकिन्छ तर एउटा परीपक्व जिम्मेवार कलाकारको परीचय र सबैको सामु ईज्जत कमाऊन भने सकिनेछैन *

मुलघरे कान्छा