'बीर बिक्रम २' युकेमा ग्राण्ड रेड कार्पेट प्रिमियर गरिने

'बीर बिक्रम २'  युकेमा ग्राण्ड रेड कार्पेट प्रिमियर गरिने

 

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र बीर बिक्रम २ युकेमा ग्रान्ड रेड कार्पेट प्रीमियर हुने भएको छ । प्रिमियरमा को को कलाकार सहभागी हुने ? भन्ने कुरा गोप्य राखिए पनि मुख्य कलाकार, निर्देशक सहितको उपस्थिति रहने सम्भावना रहेको छ ।

आगामी १४ जुलाई आईतबार दिउँसो २:३० बजे अल्डर्सटको प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर गर्ने तयारिमा रहेको बीर बिक्रम २ नेपालमा अत्यधिक दर्शक चापका बीच प्रदर्शन हुँदै गर्दा नकारात्मक टिप्पणी सहित एउटा युट्युबेले रिभ्यु भन्दै नराम्रो कमेन्ट गर्दै समिक्षा गरे पछि निर्माता निर्देशक सहित चलचित्र कर्मिको जाहेरीका आधारमा युट्युबे पक्राउ परे पछि बिबादित बनेको थियो ।

चलचित्र अत्यन्तै राम्रो बने पनि नेपाली प्रबृत्ति प्रगति गर्नेको आहारिस गर्ने मानशिकताको शिकार बनेर राम्रो ब्यापार हुँदा हुँदै सोंचे जति र आशा गरे जति मुनाफा कमाउन नकारात्मक तत्वहरुको चलखेलका कारण सफल हुन नसके पनि लगानी सुरक्षित गरि नाफामै रहेको प्रतिक्रिया दिंदै निर्देशक चाम्सले आफुले नेपाल चिनाउने कार्य बीर बिक्रम २ का माध्यमले प्रयास गरेको बताउनु भयो ।

निर्देशकले नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर गरेर बाह्य तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने हेतुले नेपालको सुन्दर पर्यटकीय क्षेत्रमा महँगीको पर्वाह नगरी बिना सम्झौता चलचित्र छायांकन देखि एउटै गीतमा पच्चीसौं लाख खर्च गर्नु चानचुने नभएको जिकिर जाहेर गर्नु भयो ।

"चलचित्र बनाउञ्जेल मेरो थियो जब सार्बजनिक भयो तब दर्शकहरुको भएकाले माया गरेर बचाउने कि खडेरी लगाउने त्यो दर्शक जो हाम्रो लागि भगवान समान हुनुहुन्छ वहाँहरुको हातमा हुने", भन्दै राम्रो गर्ने प्रयास गरेर सारा दुनिया दाउमा राखेर यहाँ सम्म कि परिवार देखि पनि टाढा भएर नेपाली कला संस्कृति मात्रै होइन समग्र नेपालको प्रगति उन्नतिमा टेवा पुर्याउने आफ्नो महान सोंचलाई कदम कदममा ठेस पुर्याउने कुतत्वहरु देखि कहिले काँही दिक्क लाग्ने गरेको गुनासो गर्दै "आफ्नो कमि कमजोरीहरु औंल्याई दिएर मार्गदर्शक बनिदिन आदरणीय दर्शकहरुलाई हात जोडेर अनुरोध गर्दछु तर कृपया यो पेशा प्रति नै बितृष्णा जाग्ने गरेर खुट्टा नतानि दीन बिन्ति गर्दछु", भन्दै आफ्नो तितो अनुभब मिश्रित गुनासो र पिडा निर्देशक चाम्सले सुनाउनु भयो ।

"कसैलाई जेल हाल्नु पर्ने अवस्था कहिल्यै फेरी नआओस, म नेपाली युवा उघ्यमि हुँ, म नेपाली हुनुमा गर्ब गर्ने मान्छे, एउटा म जस्तै अर्को युवालाई जेल हाल्ने निर्णय गर्नु अत्यन्तै पीडादायी अवस्था हुँदा हुँदै पनि आफ्नो अस्तित्व नै धरापमा पारिए पछि बाध्य भएर अन्तिम अस्त्र स्वरूप दु:खद कदम चाल्न बाध्य भएर त्यो कदम चालिएको थियो तर त्यसको सपोर्ट होइन अझ बिरोध नै भयो," भन्दै आश्चर्य हुँदै "उल्टै मलाई नै यहाँ पनि दोषीको बिल्ला भिराईयो, आशा छ सबैले सत्यको पक्ष लिने दिन पनि आउला, नकारात्मक रिभिउ गर्ने भाईसँग पनि मेरो जाति दुश्मनी केहि छैन, केवल गरिखान देउ, भन्ने मेरो अनुरोध हो !" भाबुक निर्देशकले मन भरिको गुनासो लगातार पोखिरहँदा फोनबाट कुराकानी भएकाले यो पंतिकार कुनै अर्को पटक अन्तरबार्ता नै गर्ने गरि बसौंला भनेर कुरा टुङ्ग्याउनु पर्यो ।

सबैले कम्तिमा जिम्मेवार बनेर एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति हटाएर प्रोत्साहन गर्ने बेला भएन ? यो कुरा मनन गरौँ I हामि जुनै जाति वा धर्मी भए पनि पहिला हामि नेपाली हौँ त्यो बुझौं ।

 ग्राण्ड रेड कार्पेट प्रिमियर पछि युकेका बिभिन्न स्थानहरुमा पनि फिल्म प्रदर्शन हुने कार्यक्रम तय भएको छ ।

युकेको लागि चलचित्र प्रदर्शनको जिम्मा युकेमा सफल कार्यक्रम आयोजक कम्पनि सपन इन्टरर्टेनमेण्ट कम्पनि प्रालिले  लिएको छ ।

युके आफ्नो कर्मथलो पनि भएकाले साथै धेरैले आफुलाई माया गर्नुहुने भएकाले पनि युके आफ्नो लागि आत्मिय र सदा साथ पाउने देश भएकाले हरेक फिल्म युकेका नेपाली दाजुभाई दिदिबहिनीहरुको आफु प्रतिको सद्भाबको कदर स्वरुप सम्मानका लागि फिल्म प्रदर्शन गर्ने गरेको निर्देशकले जानकारी दिनु भयो ।

सम्पूर्णमा चलचित्र हेर्न आउनको निमित्त चुले निम्तो यहीं समाचार मार्फत पुर्याई दिन अनुरोध गर्दै १४ जुलाई आइतबार दिउँसो २:३० बजे प्रिन्सेस हल अल्डर्सटमा भेट्ने निम्तो निर्देशक मिलन चाम्सको रहेको छ ।

Date : 14 July 2019 Sunday

Time: 2:30 PM

Venue: Princess Hall 

Princess Way

Aldershot 

GU11 1NX

for more info contact Sapan Rai 

https://www.facebook.com/profile.php?id=100000269188111

बेलायत बासि सम्पूर्णमा चलचित्र हेर्न उपस्थित भएर मनोरंजन लिदिनको निमित्त हाम्रो पनि हार्दिक निमन्त्रणा ।

 

https://youtu.be/hZhb4_4n9ic