चाम्स भन्छन् - गलत सूचना सम्प्रेषण भयो, प्रनेश फिल्म रिभ्युको कारण पक्राउ परेको होईन !

चाम्स भन्छन् - गलत सूचना सम्प्रेषण भयो, प्रनेश फिल्म रिभ्युको कारण पक्राउ परेको होईन !

‘भिडियोमा अपशब्दहरु बेलिएको छ, हाम्रो समाजले सिक्ने त्यहि हो त ?

काठमाडौं — पछिल्लो समय नेपालमा सोसल मिडियाले धेरैको जीबन बनेको छ र बनाईदिएको छ । विश्व भरी छरिएर रहेको नेपालीहरुलाई एकता गर्ने मिलाउने काम र एकले अरुलाई सहयोग गर्नु पर्छ भन्ने सन्देश र समाजमा एकताको सन्देश सोसल मिडियाले नै गरेको पाईन्छ । तर, यो सँगै सामाजिक सञ्जाल फेसबुक, युटुब, ट्विटर लगायतमा विकृति र रंग विभेद हुन थाल्यो भन्दै थुप्रै गुनासाहरु भेटिन्छन् । 
हालै मात्रै चर्चित फिल्म निर्देशक तथा निर्माता मिलन चाम्स पनि सोसल भिडियामा भएको बिकृति विरुद्ध प्रहरीसामु पुगेका छन् । 

 ‘मिम नेपाल’का प्रनेश गौतमको पक्राउबारे केहि मिडिया र केहि नेताहरुबा नै गतल प्रचार भईरहेको भन्दै चाम्सले गुनासो गरे । 

मिलन चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी, गालीबेग्ज्यती गरेको कारण प्रनेश गौतमविरुद्ध प्रहरी कहाँ गएको बताए ।  

प्रनेशले फिल्म विरविक्रम—२ को हस्यौली होच्याउने तरिकाबाट ब्यंग्य गरेका थिए । जसमा कलाकार नाजिर हुसेन, पल शाह, बाल गायक अशोक दर्जिलाईसमेत होच्याईएको छ । यहि भिडियोलाई लिएर उजुरी परेपछि प्रनेश पक्राउ परेका छन् भने अहिले उनी प्रहरी हिरासतमा छन् ।

चलचित्र ‘वीर बिक्रम २’को बारेमा बनाएको हस्यौली भिडियोलाई लिएर निर्माता तथा निर्देशक चाम्सले प्रहरीमा उजुरी दिएपछि प्रनेश प्रकाउ परेका हुन् । 

यता चलचित्रको हस्यौली समीक्षा गरेको आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत रहेको भन्दै प्रनेशको पक्राउलाई लिएर केहिले मिलन चाम्स विरुद्ध आलोचना गरिरहेका छन् । 

 

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक चाम्सले प्रनेश चलचित्र समीक्षा गरेको आधारमा पक्राउ परेको गलत सूचना सम्प्रेषण भईरहेको भन्दै मिडियासामु आक्रोस ब्यक्त गरे । उनले निरास मुद्रामा भने — स्वतन्त्र पत्रकारिता गर्ने सबैलै एकपटक सोच्नुहोस् के हामी कता जादैछौँ ? उनले भने — म खुशि थिईन, कसैको छोरा छोरीलाई लगेर जिाए दिएर म खुशि हुने मान्छे होईन । म मा पनि मानवता छ । भाबुक हुँदै चाम्सले भने — सामान्य मान्छेलाई लिएर नानाथरि राजनीतिकरण गरेर जनमानसमा नराम्रो सन्देश दिएको भन्दै मिलने दुःखेसो गरे । 
मिलने भने — ‘भिडियोमा अपशब्दहरु बेलिएको छ । के हाम्रो समाजले सिक्ने त्यहि हो त ? सोसल मिडियामा यस्ता कुराहरु छाडा छोडदा भोली बच्चाहरुले के सिक्छन् ?  त्यो हुन नदिनु हामी सबै नागरिकको दायित्व हो’ । 

 म मिडिया र पत्रकारलाई उच्च सम्मान गर्छु । तर, अहिलेको जुन भएको घट्नालाई लिएर गलत समाचार जजसले सम्प्रेषण गरेको छ यसले समाजलाई नराम्रो सन्देश मात्र होईन आतंक र विभेद बनाउँछ । उनले आग्रह गर्दै भने — फिल्मको समिक्षा गर्नु पाईन्छ गर्नुहोस् तर, जुन यो भिडियोमा गरिएको कुरा तपाईहरु आफैले मनन गर्नुहोस् । के हामी समाजमा बस्दैनौँ उनले प्रश्न गरे — हामी निस्वार्थ पत्रकारिता गर्दै गरेको मान्छेहरुले गहिरिएर एकपटक सौच्नुहोस् त ? 
त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै नरेस भट्टराई यसरी छाडा बोल्न पाईन्छ ? प्रश्न गर्दै भने — मिलन जी प्रनेशलाई भेट्न बारम्बर गईरहनु भएको छ, प्रनेशको आमा बुबासँग पनि भेटिरहनु भएको छ । उनले भने् कसरी यो केस घट्नालाई रोक्ने भन्ने कुराको विषयमा कानुनी प्रक्रियामा गएको हो तर, अहिले तालि बजाउने गतिविधि भईरहेको छ । उनले भने — तर अहिले यो केसलाई लिएर राजनीतिकरण भएको बताए । यहाँ ताली बजाउने र दुईजनालाई जुधाउने काम भईरहेको बताए । मिलन जीलाई जुन पिडा चोट भयो अब कसै न कसैले त आवाज उठाउनु नै पर्छ । जब मन मरी केहि त्यस्ता युटुबरहरुबाट यस्ता कुराहरु भईरहेको छ, अब चाहि नराम्रो कुरा हुनु हुँदैन अति भयो भन्ने हिसाबले यो अवाजा उठाएको बताए । 
त्यस्तै, चलचित्र विकास बोर्डका पुर्ब अध्यक्ष तथा फिल्म निर्माता राजकुमार राईले भने — तपाईहर पत्रकार युटुबर भन्दा पहिले मानिस हो हामी समाजमा बस्छौँ, यो सोचौँ । हामी सबैको परिवार छ लगानी होला यदि तपाईको कसैले क्यामेरा फुटाईदियो भने तपाई क्यामेरा सम्हाल्नु हुन्छ कि कानुन्को कुरा गर्नु हुन्छ । उनले भने हामीले सबै पत्रकार युटुबारलाई भनेको होईन । उनले अहिलेको चलचित्र उधोगको विकराल रुप भएको बताए । धेरै यस्तो विकृति पैदा गर्न दिने हो भने भोली अराजक आउने बताए । उनले हिजोको चलचित्र ईन्डस्ट्रि अहिलको जस्तो नभएको बताए । उनले यो प्रकारको विकृतिलाई केहि हदसम्म हामीले रोक्नु नै पर्ने बताए । 
त्यस्तै गायक तथा सँगीतकार कालिप्रसाद बास्कोटाले जे जे हुन्छ राम्रो कामको लागि हुन्छ यो एउटा डेमोक्रेटिभ अभ्यासको लागि भएको बताए । उनले अशोक दर्जिले भोली आफ्नो भिडियो हेरेर सुसाईट गर्नु पर्ने अवस्था पनि त आउँन सक्छ । उनले कसैको कामको टिक्का टिप्पणीको लिएर कुरा गर्न सक्ला तर, कसैको रँग र कसैको दक्षतालाई लिएर चाहि यस्तो गर्नु नहुने बताए । 

कसले के भने ? स्टाटस: 


भिडियो रिपोर्ट...