पत्रकार मिसन टोलीको निष्कर्ष:  ‘मेयरलाई उत्तेजित बनाउनु पत्रकारको गल्ती’

पत्रकार मिसन टोलीको निष्कर्ष:  ‘मेयरलाई उत्तेजित बनाउनु पत्रकारको गल्ती’

इटहरी — इटहरीका मेयर द्वारिकलाल चौधरी र पत्रकार विराट अनुपमको विषयलाई लिएर नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । 

पत्रकार गौतमले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको हो । पत्रकार महासंघको रिपोर्टमा इटहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको उल्लेख छ । भने महांघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ ।

कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।

पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाईएको महासंघको निष्कर्ष छ । टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ ।
इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो ।

विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।