सारेगमप लिटिल च्याम्पः तेस्रो भए प्रितम, चौथो स्थानमा आयुष

सारेगमप लिटिल च्याम्पः तेस्रो भए प्रितम, चौथो स्थानमा आयुष

काठमाडौं — भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्यले तेस्रो स्थान ओगट्न सफल भएका छन् । 

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसीले भने चौथो स्थान प्राप्त गरे । 

फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए ।

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए । अहिले यी नेपाली बालक आयुष केसी र प्रितम आचार्यको प्रशंसा गर्नेहरु थुप्रै भेटिन्छन् ।