बर्षाले लेखिन् - मिलन सर मेरो टर्निङ प्वाईन्ट !

बर्षाले लेखिन् - मिलन सर मेरो टर्निङ प्वाईन्ट !

काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा निकै राम्रा फिल्महरु दिर्नेशन गरिसकेका निर्देशक हुन् मिलन चाम्स । चाम्सले नै निर्देशन गरेको फिल्म विरविक्रम—२ यतिबेला नेपालका विभिन्न हलहरुमा प्रर्दशन भईरहेको छ । 

फिल्ममा नायक पल शाह, बर्षा सिवाकोटी, नाजिर हुशेन, बुद्धि तामाङ लगायतका कालाकारहरुको अभिनय रहेको छ । 
भर्खरै मात्र नायिका बर्षा सिवाकोटिले निर्देशक मिलन चाम्सलाई जीबनको टर्निङ प्वाईन्ट रहेको बताएकी छिन् । 
उनले आफ्नो फेसबुक वालमा निर्देशक चाम्स सँगको फोटो सेयर गर्दै लेखेकि छिन् —  केही निर्देशकहरुसंग काम गरे । कामका लागि काम गरे जस्तो मात्रै भयो । 'म' बन्न पक्कै सकेको थिइन । सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदर्णिय मिलन सरसंगको भेट नै मेरो लागि टर्निङ पोइन्ट बनेको अनुभव भएको बताएकी छिन् ।

 

उनले लेखेकी छिन् —  केही पाएँ भन्ने महसुस हुन थालेको छ । 'म' बन्ने बाटो खुलेको अनुभूती गरेकी छु । उहाँसंग सहकार्य गर्नु अगाडि धेरै कुरा सुनेको थिएँ राम्रा नराम्रा । जब 'बीर विक्रम २' को यात्रा सुरु भयो तब उहाँलाई नजिकबाट बुझ्ने मौका पाएँ । आजसम्म सुनिएका नराम्रा कुरा सबै निरर्थक लागे । धेरैले मिलन चाम्स फिल्मको फ्याक्ट्री हो भनेको सुनेको थिएँ । उहाँ फिल्मको मात्र होइन शिर्जनशिलता, लगनशिलता, व्यवसायिकता र मानवियताका फ्याक्ट्री पनि हुनुहुँदो रहेछ । फिल्ममा मुख्य पात्रका रुपमामा छानिनु र मिलन सरसंग सहकार्य गर्न पाउनु मेरो भाग्य हो ।

गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र विरविक्रमले निकै राम्रो प्रशंसा पाईरहेको छ । भने चलचित्रमा बर्षा सिवाकोटिको अभिनयलाई धेरैले रुचाएका छन् । 

चलचित्रमा हसाउँछ अनि रुवाउँछ पनि । सामाजिक, प्रेम र मित्रताको कथा बोकेको चलचित्रमा तिनै पक्षममा सन्देश बोकेको पाईन्छ ।