हाम्रो कुलमान : समस्त नेपालीहरुको दियो !

हाम्रो कुलमान : समस्त नेपालीहरुको दियो !

  ॥ हाम्रो कुलमान ॥

वाह कुलमानज्यु वाह 
हाम्रो साहित्यिक नमन । 
दुःख कष्ट सब हटाई 
बाँड्नु भो सुखको मलम ॥

समस्त नेपालीहरुको
दियो बन्नु भयो  । 
औंसीको रातमा लाग्ने 
जुन बन्नु भयो ॥

करोडौं बिध्यार्थीहरुको 
भविष्य बन्नु भयो । 
उध्योग पतीहरुको पनी 
अन्नदात बन्नु भयो ॥

वाह कुलमानज्यु वाह 
हाम्रो कोटीकोटी प्रणाम
दुःख कष्ट सब हटाई 
बाड्नु भो सुखको मलम ॥

देश समृध्दि को निम्ती 
सूत्रधार बन्नु भयो । 
भ्रष्टाचार नियन्त्रणको पनी 
पूर्वाधार बन्नु भयो  ॥

कु संस्कारलाई उडाउने
तुफान बन्नु भयो । 
कुशल व्यवस्थापनको पनी 
नायक बन्नु भयो  ॥

वाह कुलमानज्यु वाह 
जनताको छ सलाम । 
दुःख कष्ट सब हटाई 
दिनु भो ममताको मलम ॥

सारा युवा पिडिहरुको 
ऊर्जा बन्नु भयो  । 
निराश नेपाल आमाको पनी 
सारथी बन्नु भयो ॥

हिमाल,पहाड अनि तराई 
सबले रोज्छन कुलमान । 
नेपालको इतिहासले पनी 
अब खोज्छ कुलमान ॥

वाह; कुलमानज्यु वाह 
सबको छ सलाम । 
सक्दैनौं तिर्न तपाईंको 
गुण जनताले जनम जनम ॥

ज्ञान ब.लामा "दोङ "