मिडिया काउन्सिल विधेयकलाई लोकतन्त्रले बुझ्दैन : पुष्पा भुसाल

 मिडिया काउन्सिल विधेयकलाई लोकतन्त्रले बुझ्दैन : पुष्पा भुसाल

काठमाडौं — प्रमुख विपक्षी नेपाली कांग्रेसले गलत नियतका साथ  मिडिया काउन्सिल विधेयक आएको भन्दै सरकारलाई शक्तिको भोक जागेको बताएको छ । 

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ भने राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप समेत लगाएको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताईन् । 

उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरेकी छन् । उनले भनिन्, ‘यो विधेयकलाई लोकतन्त्रले बुझ्दैन, हामी पढ्न चाहनौं ।’