सांसद भट्टराईले गरे ठुलो रकम हस्तानतरण (भिडियो )

सांसद भट्टराईले गरे ठुलो रकम हस्तानतरण (भिडियो )

काठमाडौ — मृगौला प्रत्यारोपन गर्नुपर्ने अवस्थामा रहेकी विरामी खोटाङका ध्रुवकला राईलाई  शनिबार करिब साढे तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

प्रवाशमा रहेका नेपालीहरुबाट संकलित रकम एक कार्यक्रमका बीच खोटाङका प्रतिनिधिसभा सांसद विशाल भट्टराईले पीडितलाई हस्तान्तरण गरेका हुन् । 


 
नेपालमा विरामीको सहयोगका लागि समन्वय गरिरहेका रमेश राईका अनुसार पीडितका लागि हङकङबाट तीलविक्रम राई, मालिकराम राई तथा किन्दर राईलगायतबाट ३ लाख ३७ हजार, बेलायतबाट दश हजार र नेपालबाट करिब १९ हजार संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

दिक्तेल–रुपाकोट–मझुवागडि २ का पीडित राईको १५ महिना अघि दुबै मृगौला काम नलाग्ने भएको पत्ता लागेको थियो । 

छोरीको जन्म हुने क्रममा उनको रोग पत्ता लागेपछि अहिलेसम्म करिब ३० लाख खर्च भइसहेको उनका श्रीमान् श्रीमनी राईका अनुसार अहिलेसम्म परिवार तथा आफन्तहरुको तर्फबाट सहयोग जुटाएर उपचार भइरहेको छ ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गर्न लाग्नुभएको राईका लागि करिब आठ लाख रुपैयाँ लाग्ने बताईएको छ । विरामीको उपचारकोलागि यसअघि नै ठूलो खर्च भइसकेको कारण परिवार आर्थिक समस्याबाट गुज्रिरहेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा आफ्नोतर्फबाट समेत तीन हजार रुपैँया आर्थिक सहयोग गरेको सांसद भट्टराईले सबैलाई सहयोग गरिदिनहुन आग्रहसमेत गरे । 

 उनले मृर्गौला प्रत्यारोपण नेपालमा पनि सामान्य रोग जस्तै भइसकेको उदाहरण दिँदै रकम अभावमा विरामीले समस्या झेल्नु नपर्ने आश्वसन पनि दिए । १२ वर्ष अघि दुबै मृगौला प्रत्यारोपण गर्नुभएको प्रधानमन्त्री केपी शर्मा ओलीसमेत निक्कै स्वस्थ भएर काम गरिरहेको उदाहरण दिँदै उनले विरामीलाई उच्च मनोबलका साथ उपचार गर्न अनुरोध गरे ।  कार्यक्रममा नेपाल कम्युनिष्ट पाट खोटाङका नेता सुरेश राईले विरामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदे सबै सहयोगी मनहरुलाई थप सहयोगका लागि आग्रह गरेका थिए । 


नेपालमा विरामीको सहयोगका लागि अखिल नेपाल फुटबल संघ खोटाङका अध्यष ध्रुवविक्रम राईले विशेष पहल गरिहनुभएको छ । २० वर्षीया राईको रकम अभावमा मृगौला प्रत्यारोपण हुन नसक्ने बताईएको छ । नेपालमा आफन्तबाहेक अन्य व्यक्तिको अंग प्रत्यारोपण गर्न पाउने कानुन छैन ।

यद्यपी सहमतिको आधारमा दुई विरामीबीच एक अर्कामा अंग साटासाट गर्न भने सकिन्छ । श्रीमान राईका अनुसार ध्रुबकलाको पनि अर्का एक विरामीसँग मृगौला साटासाट गर्ने सहमति भएको छ । उक्त पीडितलाई राईको सासुले मृगौला दिने र अर्का पीडितको आमाले राईलाई मृर्गौला दिने सहमति भएको छ ।