देशभरका पत्रकारहरुले गरे प्रर्दशन, मिडिया काउन्सिल सम्वन्धी विधेयकको चौतर्फी विरोध

देशभरका पत्रकारहरुले गरे प्रर्दशन, मिडिया काउन्सिल सम्वन्धी विधेयकको चौतर्फी विरोध

काठमाडौं — देशभरका पत्रकारहरले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आज प्रदर्शन गरेका छन्।

सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा राजधानी नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ‘मिडिया काउन्सिल’ विधयेक संसदमा दर्ता भएको भन्दै चौतर्फीरुपमा विरोध भइरहेको छ।

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।