गजल मिलनको: घर हो मेरो पूर्व कोशी तिम्रो पश्चिम गण्डकी !

गजल मिलनको: घर हो मेरो पूर्व कोशी  तिम्रो पश्चिम गण्डकी !

  ।। गजल मिलनको ।।

घर हो मेरो पूर्व कोशी 
तिम्रो पश्चिम गण्डकी । 
कर्मथलो बन्यो हाम्रो हेर 
निश्चल पबित्र बागमती ।।

भेट भो हाम्रो पोखोराको 
एक सुन्दर गाँउमा । 
प्रेम बस्यो स्नेह बड्यो
थालें धाउन त्यो ठाऊमा ।।

लाग्थ्यो मलाई हेरिरहुँ 
सम्झी मोति  तिमीलाई । 
लाग्न थाल्यो प्रेम नगरी 
तिम्रो सुन्दर त्यो गाँऊलाई ।।

घर हो मेरो पूर्व कोशी 
तिम्रो पश्चिम गण्डकी …….

घुमफिर गर्यौं चित्ता माझ्यौं
रमणीय त्यो पोखोरा शहरमा । 
मन मिल्यो अघि बड्यौं 
जीवनको लामो सफरमा ।।

भयो होला दु;खा कस्ट 
गन्तव्यको ति अकारहरुमा । 
भयो होला भूलहरू पनी 
उमेरको उताउलो मोडहरुमा ।

घर हो मेरो पूर्व कोशी 
तिम्रो पश्चिम गण्डकी……

बिर्सिदिउ त्यो क्षणहरु 
भाबी को खेल नै  मानी । 
दोषी त थियो हाम्रै जवानी 
मानौ उसैको भेल हो भनी ।।

छौ जस्तै मौरीको रानी तिमी
वोरीपरि छन् परिवार झुमेको । 
कहिल्यै नटुट्ने माया जाल
छौ तिमीले बुनेको  ।।

एकैदिन तिमी नहुँदा 
शून्य लाग्छ यो संसार  । 
हुन्छौ जब तिमी याहाँ 
जगमगाऊछ घर परिवार ॥ 

घर हो मेरो पूर्व कोशी 
तिम्रो पश्चिम गण्डकी  
कर्मथलो बन्यो हाम्रो हेर 
पवित्र अञ्चल बागमती ......

ज्ञान बहादुर लामा "दोङ"