कामिरिता शेर्पा नयाँ किर्तिमान राख्दै २३औं पटक पुगे शिखरमा !

कामिरिता शेर्पा नयाँ किर्तिमान राख्दै २३औं पटक पुगे शिखरमा !

काठमाडौं — कामिरिता शेर्पाले फेरि नयाँ किर्तिमान राखेका छन् । उनले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन् । 

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान राखे । 

आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेका छन् । 

उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै  यो राष्ट्रकै गौरवको कुराु भएको बताएका छन्। 

बीबीसीका अनुसार सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

आरोहणमा जानुअघि कामिरिताले तत्काल हिमाल चढ्न नछोड्ने बताएका थिए।

कहिलेकाहीं सामान्य तयारी गर्ने पनि चुचुरोमा पुग्छ भने कहिलेकाहीं निकै तयारी गरेको र अनुभवी आरोही समेत माथि पुग्न सक्दैन। सगरमाथालाई चिन्ने उनको आफ्नै शैली छ।

उनी हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्न सुरु गर्छन् । 

https://www.youtube.com/channel/UCHeHUhJ-5AihwLW8jSYxoaQ