उपेन्द्र यादवलाई प्रश्न गर्ने पत्रकारलाई ज्यान मार्ने धम्की!  (भिडियोसहित)

उपेन्द्र यादवलाई प्रश्न गर्ने पत्रकारलाई ज्यान मार्ने धम्की!  (भिडियोसहित)

काठमाडौं — संघीय समावादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई  प्रश्न सोध्ने एभिन्युज खवरका पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ । आफुलाईसमाजवादी दलको कार्यकर्ता दावी गर्ने एक कार्यकर्ताले तथा नाम गाली गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार शुसिल पाण्डेले एक अन्तर्वातामा बताएका छन् । 

हाल सामाजिक सञ्जालमा यतिबेला निकै चर्चाको विषय बनेको छ । मिडियालाई सरकारले कडा कानुन् बनाउँदै गएको बेला भर्खरै एभिन्युज टेलिभिजनबाट प्रशारण भएको सकस राजनीतिक शिर्षकको एउटा बहस पत्रकार शुसिल पाण्डे र उपप्रधान्त्री उपेन्द्र यादवबीचको अन्र्तवार्ता । 

त्यस्तै नेपालका लागि नेपाली अभियानले उपप्रधानमन्त्री उपेन्द्र यादवले तत्काल माफी माग्नु पर्ने बताएको छ । राजधानीमा आकस्मीक पत्रकार सम्मेलनको आयोजना गरी डा. सुरेन्द्र भण्डारी,बालकृष्ण न्यौपाने र ज्ञानेन्द्र शाहीले पत्रकारलाई सुरक्षा दिन माग गरेका हुन् । 


यता , संघीय समावादी पार्टीले यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिताविपरित प्रश्न सोधिएको पार्टीले बताएको छ । 

पत्रकारले अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै पार्टीको उक्त घटनाको घोर निन्दा गरेको छ ।

पार्टीका केन्द्रीय कार्यालयका उपमहासचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमानजनक एवं बदनियतपूर्ण ढंगले यादवमाथि भएको यस्तो दुव्र्यवहारको घोर निन्दा एवं भत्र्सना गर्ने उल्लेख गरिएको छ ।