अब रहेनन् लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठ

अब रहेनन् लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठ

काठमाडौं — बुलन्द स्वरका धनी इमेज एफएमका पूर्व स्टेशन म्यानेजर तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको आज निधन भएको छ । लामो समयदेखि मोर्टार न्युरोन डिजिज एमएनडीबाट पीडित ४५ वर्षिय श्रेष्ठको चाबहिलस्थित ओम अस्पतालमा आज बिहान ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

नसा सम्बन्धि सो रोगका कारण श्रेष्ठ हातगोडा नचल्ने, बोली नआउने लगायतका समस्याबाट पीडित थिए । चार वर्षअघि देखि श्रेष्ठ विरामी रहेका थिए । 

धरान घर भएका श्रेष्ठले ब्लाष्ट टाइम्समा पनि काम गरेका थिए । भने बुलन्द स्वरका कारण चर्चामा रहने श्रेष्ठका थुप्रै गीतमा प्रोमोहरु छन् । दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए ।

श्रेष्ठले थुप्रै म्युजिक भिडियोहरु पनि निर्देशन गरेका छन् । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको अन्त्योष्टि काठमाडौंस्थित पशुपतिमा ११ बजे देखि १ बजेभित्र गरिने कार्यत्रक्रम रहेको पारिवारिक श्रोतको भनाई छ ।