कोरियाली म्युजिक भिडिओले बनायो युट्युबमा नयाँ रेकर्ड

कोरियाली म्युजिक भिडिओले बनायो युट्युबमा नयाँ रेकर्ड

दक्षिण कोरिया — दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको हो ।

‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ । 

 

सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन्। ब्ल्याकपिङ्कले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो। यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ुडु डु डुु भिडिओ युट्युबमा सबैभन्दा बढी हेरिएको कोरियाली पप भिडिओ बनेको थियो।

युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको हो । यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको बीबीसीले उल्लेख गरेको छ । यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका थिए ।

 

https://www.youtube.com/watch?v=2S24-y0Ij3Y