उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सिता रानामगरले जितन्

उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सिता रानामगरले जितन्

काठमाडौं — सीता राना मगरले एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड जितेकी छन् ।

उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड सफल भएकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।

क्रिकेट खेलाडी संघ सिप्यानले वर्ष २०१८—१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आज एक समारोहका बीच एनसिसीएस—सिप्यान क्रिकेड अवार्ड प्रदान गरेको हो । सिप्यानले पहिलो पटक आयोजना गर्न लागेको अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षको उत्कृष्ट खेलाडी महिला, वर्षको उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफ टाइम एचिभमेन्ट अवार्ड गरी पाँच विधामा अवार्ड दिईएको छ ।

रोहित पौडेलले जिते एनसिसीएस—सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर

एनसिसीएस–सिप्यान इमर्जिङ प्लेयर अफ दि इयर अवार्ड जित्न सफल भएका छन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित पौडेल ।

रोहितले उदयमान खेलाडीको प्रतिस्पर्धामा चार खेलाडीलाई पछाडी पार्दै उक्त अवार्डको उपाधी जितेका हुन् । रोहितले अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारे। उनले अवार्ड सहित ६६ हजार नगद पुरस्कार पाए।

रोहितले हालै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सचिन तेन्दुल्कर र साहिद आफ्रिदीजस्ता चर्चित खेलाडीलाई पछिपार्दै अर्धसतक बनाउने कान्छा खेलाडी बनेका थिए।

रोहितले १६ वर्ष १ सय ४६ दिनमा युएइविरुद्धको एकदिवसियमा ५८ बलमा ५५ रन बनाएका हुन्।

क्रिकेट खेलाडी संघ सिप्यानले वर्ष २०१८—१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई एक समारोहका बीच एनसिसीएस—सिप्यान क्रिकेड अवार्ड प्रदान गरिरहेको छ ।

मनोनयनमा परेका खेलाडी तथा उत्कृष्ट क्षणहरु 

वर्षको उत्कृष्ट खेलाडी (पुरुष)

१. पारस खड्का

२. सन्दीप लामिछाने

३. करण केसी

४. दीपेन्द्रसिंह ऐरी

५. सोमपाल कामी

वर्षको उत्कृष्ट खेलाडी (महिला)

१. रुबिना क्षेत्री बेलबासे

२. इन्दु बर्मा

३. करुणा भण्डारी

४. सरिता मगर

५. सिता रानामगर 

उदीयमान खेलाडी (महिला)

१. अभिनाश बोहरा

२. रोहित पौडेल

३. ललितनारायण राजवंशी

४. सन्दीप जोरा

५. कविता कुँवर 

वर्षको उत्कृष्ट क्षणका मनोनयनमा 

१. सन्दीप जोरा

२. रुबिना क्षेत्री बेलबासे

३. पारस खड्का

४. सोमपाल कामी

५. दीपेन्द्रसिंह ऐरी

६. नेपाली महिला टोली

७. रोहित पौडेल

८. सन्दीप लामिछाने

९. ज्ञानेन्द्र मल्ल

१०. करण केसी