'भ्यालेनटाईन डे' विशेष : के हो त माया ?

'भ्यालेनटाईन डे' विशेष : के हो त माया ?

जेनी राई

काठमाडौं — आज प्रेम दिवस 'भ्यालेनटाईन डे' अर्थात माया गर्ने प्रेम जोडीहरुको विशेष दिन । प्रणय दिवस - 'फेब्रुअरी १४' यस दिनलाई 'भ्यालेनटाइन डे' को रुपमा विश्वभर मनाईदै आईरहेको छ । विशेषगरि पश्चिमा देशहरुमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन्।

प्रणय दिवसलाई नेपालमा भने अझै पनि सहजै पचाउन सकिएको अवस्था छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका पनि पाइएको छ । तर, पछिल्लो समयमा नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाईदै आईरहेको छ ।

जुन संस्कृतिबाट आयतित या शुरुवात भएता पनि यस दिनलाई आजभोली नेपालमा धेरै मानिसहरुले विशेष दिनको रुपमा मनाउन थालेको पाईन्छ । किन मनाईदैछ त भ्यालेनटाईन डे ? यसको शुरुवात कसले गरेका थिए ? युवाले एकार्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने र प्रेममा भएका जोडीले माया अझ प्रगाढ दिनका रुपमा आजको दिनलाई उपयोग गर्छन् । आजको दिन युवाले आफ्ना प्रेमीप्रेमिकालाई रातो गुलाबको फूल उपहारका रुपमा आदानप्रदान गरेर प्रेम दिवस बनाउने गर्छन् ।

पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई 'भ्यालेनटाइन डे' भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा 'भ्यालेनटाइन डे' मनाउने ।

यस दिनलाई हरेकले आ-आफ्नै परिभाषा लगाउने गरेको पाईन्छ । खासमा माया के हो त ? यसको उत्तर सायदै कसैले दिन सक्लान ?  प्रेममा स्वतन्त्रता हुन्छ । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि मनको भाव स्नेह हुन्छ । प्रेममा सृफ प्रेम हुन्छ । भनिन्छ  प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हँदैन रे ।

मायाको परिभाषा गहिरो हुन्छ । यसको परिभाषा गर्न कठिन छ । यो जति मायालु शब्द छ परिभाषामा कठिन छ । मैले आफ्नै फेसबुकमार्फत राखेको प्रश्न जवाफ दिनुभएका छन् थुप्रैले कमेन्टमार्फत । धेरैले आ-आफ्नै भनाईहरु लेख्दिनुभएको छ । त्यसको लागि सबै-सबैलाई धेरै धन्यवाद । 
के हो त माया ? फेसबुकको कमेन्टमार्फत राखिएको केहि भनाईहरु पढौँ :

अन्त्यमा, मैले दुईशब्द जानीनजानी लेखिरहँदा मायाको प्रश्न त गरे तर स्वयंम म आफैलाई पनि यसको परिभाषा गर्न कठिन लाग्छ । आजको दिन विशेष दिन तपाईहरु जसले जसलाई गर्नु हुन्छ र गरिरहनु भएको छ सदाबहार गरिरहनुहोस् । 
माया गर्नु यहि दिन कुर्नुपर्छ भन्ने होईन ।

माया त हरेक दिन हरेसक मिनेट गर्न सकिन्छ । तपाई आफ्नै मान्छेलाई यसरी गर्नुहोस् माया ता कि उसले तपाईको गलतलाई पनि कहिले नदेखोस् । चाहे बहिनी दिदी या दाजुभाई । माया एउटै हो । तर गर्ने तरिका फरक होला मायामा ।  आमालाई गर्ने माया बाबालाई गर्ने माया । माया गर्नुस विश्वास गर्नस् । तपाईको जीवन सफल र माया नै माया छाओस् । शुभकामना तपाई सबै सबैलाई । माया त माया नै हो । धन्यवाद । जेनी...