हलिउड स्टार रिचर्ड गेरे बने ७० वर्ष पुग्नै लाग्दा बुवा !

हलिउड स्टार रिचर्ड गेरे बने ७० वर्ष पुग्नै लाग्दा बुवा !

हलिउड — हलिउड स्टार रिचर्ड गेरे ७० वर्ष पुग्नु सात महिनाअघि दोस्रो पटक बुवा बनेका छन् ।स्प्यानिश म्यागजिन होला१ का अनुसार प्रिटी वुमन स्टार एवं गेरेकी श्रीमती एलिजान्ड्रा, ३६, ले केही दिन अघि छोरालाई जन्म दिएकी छिन् ।

गेरे र उनकी पूर्व श्रीमती क्यारे लोवेलको होमर जेम्स जिग्मे नामका १८ वर्षे छोरा छन् । एलेजान्द्राको पनि पूर्व श्रीमान गोबिन्द फ्रिडल्याण्डबाट ६ वर्षका छोरा छन् ।

 

एलेजेन्द्राले गत सेप्टेम्बरमा आफू गर्भवती भएको पुष्टि गरेकी थिइन् । दलाई लामाले आशिर्वाद दिन उनको पेट छोइरहेको तस्बिर पोष्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।गेरेसँग विवाह भएको ६ महिनापछि उनी गर्भवती भएको खबर सार्वजनिक भएको थियो ।