एक यहुदी बालिकासँग हिटलरको मित्रता !

एक यहुदी बालिकासँग हिटलरको मित्रता !

एकदमै प्रिय लाग्छ, यो तस्विरलाई हेर्दा पहिलो नजरमै । जहाँ एक व्यक्तिले सानो बच्चालाई अंगालो हालिरहेको छ । तर, १९३३ सालमा खिचिएको यस तस्वीरको कथा भने बेग्लै छ, जुन पत्याउन पनि मुस्किल छ ।

तस्विरमा भएको व्यक्ति, जर्मन नेता र ६० लाख यहूदियोको मृत्यूको जिम्मवारी लिएको अडाल्फ हिटलर हुन् । र, साथमा त्यहि यहूदी भन्ने ठाउँको बालिका रोजा निनाओ हुन् ।

वरिष्ठ नाजी अधिकारिहरुको हस्तक्षेपसम्म हिटलरले त्यो बालिकासँग कयौँ बर्षसम्म मित्रता गासिरहें । तर, अन्त्यमा सबै समाप्त भयो ।

मैरीलैंड स्थित एलेक्जेडर हिस्तोरिकल आँक्शन एजेन्सीका अनुसार, हैनरिक हाँफमैनले माथीको सुन्दर तस्वीर खिचेका थिए । यो तस्वीर गत कात्तिक २७ मंगलबार अमेरिकामा ११,५२० डलरमा करीब ८.२ लाखमा विक्रि भएको थियो ।

यो तस्विरलाई विक्रि गर्ने बिल पैनागोपुलसले ब्रिटिश दैनिक समाचारपत्र मार्फत भनेका थिए –“यो हस्ताक्षरित तस्वीरलाई मैले पहिले कहिले देखेको थिइन् ।”  
यस तस्वीरको सुन्दर पक्ष के छ, भने यसमा भएको बालिका र हिटलर बिचको सम्बन्ध वास्तविक लागिरहेको छ । बिल भन्छन् – हिटलर प्राय जसो बालिकासंग प्रचारको लागि मात्र फोटो खिचाउथे ।

हिटलरको प्रेम
अप्रिल २० मा हिटलरको जन्म दिनको दिन ती बालिकासँग भेट भएको थियो । काँक्सन वेबसाइटको अनुसार रोजा र उनकी आमा कैरोलिन १९३३ मा बालिकाको जन्मदिनको बेला आल्प्स स्थित हिटलरको निवास ‘बर्गोफ’ को बाहिर जुटी भीडमा भेट भएको थियो ।

भनिन्छ, जब हिटलरलाई थाहा भयो कि आज रोजाको पनि जन्मदिन हो त्यहि मैकामा हिटलरले रोजा र उनको आमालाई आफनो घरमा आउन निमन्त्रण पठाए । र, त्यहि बेला यो तस्वीर दर्ज गरेको थियो ।
केहि समय पछि थाहा भयो कि रोजाको आमा यहूदी थिइन् । तर, पनि यी कुराले हिटलर र रोजाको मित्रतालाई भने केहि प्रभाव परेन ।
हिटलरले नै यो तस्वीर आफनो हस्ताक्षरको साथ रोजालाई पठाएको थिए ।
उनले यस्तो लेखेको थिए –“प्रिय र रोजा निनाओ, एडाल्फा हिटलर, म्यूनिख, १६ जून १९३३”
यस्तो लाग्छ कि रोजाले पछि यो तस्वीरमा आफनो स्टैप लगाईन, जसमा कालो र सेतो रंगको फूल बनाएकी थिईन् ।

रोजाले १९३५ र १९३८ को बिचमा हिटलर र उनको नजिकको साथी विलहेम ब्रक्नरलाई १७ पटकसम्म पत्र लेखेको थिए । तर, फेरि हिटलरको निजी सचिव मार्टिन बाँर्मनले रोजा र उनको आमालाई हिटलरसँग कुनै सम्पर्क नराख्नु भनेका थिए ।

फोटोग्राफर हाफमैनको भनेका थिए – त्यस्तो आदेशले हिटलर भने खुुशि थिएन । आफ्नो किताब ‘हिटलर मेरो साथी’मा हाफमैनले लेखेको थिए, हिटलरले उनलाई भनेको थिए — “कोहि यस्तो पनि मान्छे छन् जसको लक्ष्य मेरो सारा खुशिहरु अन्त्य गर्नु छ ।”

दुखदायी अन्त्य
हाफमैनले १९५५मा छापेको त्यो किताबमा दुवैजनाको अर्को पनि तस्वीर समावेश गरेको थिए ।
जसको हरफ थियो “हिटलरको प्रेम” उ उसलाइ बर्गोफ (हिटलरको आवज)मा हेर्न मन पराउथे । तर, फेरि कोहिबाट पत्ता लाग्यो कि, उ आर्य वंश होइन रहेछ”
हिटलरको निजि सचिवले रोजा र हिटलरको सम्पर्क बन्द गरेको अर्कोको साल द्धितीय विश्व युद्ध शुरु भयो ।
करीब ६ बर्ष पछि जब युद्ध सकियो करीब ६० लाख यहूदी मरिसकेको थिए । युद्धको बेला रोजाको पनि मृत्यू भयो । हिटलरसँगको पहिलो भेटको एक दशक पछि, १९४३मा म्यूनिखको एउटा अस्पतालमा १७ वर्षको उमेरमा पोलियोको कारण रोजाको मृत्यू भएको थियो । बीबीसी हिन्दि /नेपाली अनुवाद जेनी राई