आफ्नै आवाजमा तायाहाङमा आफै फिचरिङ (भिडियो)

आफ्नै आवाजमा तायाहाङमा आफै फिचरिङ (भिडियो)

काठमाडौं  – यतिवेला गायिका तायाहाङमा राईको गीतहरु आउनेक्रम जारी छ । केहि बर्षअघिदेखि संगीतमा होमिएकी तायाहाङमले भखैरै ‘तिमि मेरो सामु आउँदा…’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

‘तिम्रो याद’ ‘तरना’ र तेस्रो एल्वम ‘कान्छि’ बजारमा ल्याईसकेकी छिन् भने दजनौँ बढी गीतहरु रेकर्ड गराईसकेकी तायाहाङमले केहि दिन पहिले ‘कान्छि’ एल्वमको विमोचन गरेकी थिईन् ।
तायाहाङकै आवाज रहेको उक्त गीतको भिडियोमा उनी स्वयम आफैले फिचरिङ गरेकी छिन् भने संगीतकार चन्द्र लामा अनुरागको पनि फिचरिङ रहेको छ ।
सुन्दर लोकेशनमा छायाँकन गरिएको उक्त भिडियोमा दुवैको केमेस्ट्रि, माया, स्नेहलाई उतार्न खोजिएको छ ।लक्ष्मी तामाङले शब्द भरेको उक्त गीतलाई भने विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरियाको अध्यक्षसमेत रहेका चन्द्र लामा अनुरागको संगीत रहेको छ ।

स्वयंम लामालेनै निर्देशन गरेको उक्त गीतको भिडियोमा देवेश राईको एरेन्ज रहेको छ भने उक्त भिडियोलाई नियोन लामाले खिचेका हुन् ।
भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ विक्रम कार्कीको रहेको छ । तायाहाङमालाई सुन्दर बनाउने काम भने गौरा राईले गरेकी छिन् भने भिडियोको लागि विशेष धन्यवाद पेमा बुढालाई दिईएको छ ।

भिडियो…