मुलुक साच्चिकै समृद्धितिर लम्किदैछ !

 मुलुक साच्चिकै समृद्धितिर लम्किदैछ !

काठमाडौं — अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघले आफ्नो स्थापना दिवसको अवसरमा ‘१० औँ स्मारिका पुस्तक’ प्रकाशन गरेको छ ।

पेप्सिखोला स्थित संघको आफ्नै कार्यलयमा सोमबार अतिथीद्धय समाजसेवी आङकामी शेर्पा,दोलखा जिल्लाबाट निर्बाचित प्रदेश न ३ का प्रदेश सभा सदस्य पशुपति चौलागाईको हातबाट उक्त कितावको विमोचन गरिएको हो ।

समाजसेवी आङकामी शेर्पाले कितावको विमोचन गर्दै संस्थाले गरेको कार्यहरु प्रशंसा गर्न योग्य रहेको र आगामी दिनमा पनि वैदेशिक रोजगार पीडित नेपालीहरुको उद्धार, सहयोगमा सक्रिय रहन आग्रह गरे ।
उनले भने — ‘हामी नेपालीहरुको वानी जहिले नराम्रो देख्ने अरुलाई गाली गर्ने रहेको छ, यस्तो प्रवृत्तिलाई चिर्दै अव आफु असल र आफ्नो ओरीपरी रहेको सम्पुर्ण कार्य व्यवहारलाई परिवर्तन गर्न आवश्क छ ।’

‘सरकारलाई गाली नगरौँ अव मुलुक साच्चिकै समृद्धितिर जाँदैछ, अहिलेको गृहमन्त्री पनि निकै स्ट्रङ छ, वाहाँले जनताको समस्या बुझ्नु भएको छ, हामीले समाज बनाउने हो भने आफुबाटै थालनी गर्नु जरुरी छ । मैले अरुको मुलुकमा जिवन विताएको बर्षौ भईसक्यो तर मलाई मेरै देशमा बस्न मन छ अरु देश भन्दा नेपाल निकैनै सुन्दर र सहज छ बाच्नलाई, हामी अरुको देशमा चिल्लो गाडी कुदेको मात्रै देख्छौँ तर, आफ्नो देशभित्रको महत्व भुलिसकेकोले अव स्वयय हामीलेनै गर्न शुरु गरौँ ।’

उनले थपे — ‘अव हामीले आफैले आफ्नो ओरपर रहेको फोहोरलाई सफा गर्ने वानी बसाल्दै सरकारलाई यसरी साथ दिनुपर्छ भन्ने उदाहारण गरे मुलुक साच्चिकै अझ सुन्दर हुनेछ ।’

त्यस्तै, सांसद पशुपति चौलागाईले यस संस्थाले गरेको कर्याप्रति प्रशंसा गर्दै सरकारले गर्नुुपर्ने कार्य तपाईहरु स्वयमले यस्तो प्रशंसनीय कार्य गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

१० बर्षअघि स्थापना भई मुलुक, समाजमा भईरहेका बेथिती, विकृति, विसंगतिलाई चिर्दै एउटा समृद्धि राष्ट्र बनाउने अभिप्रायसहित ‘सुरक्षित, मर्यादित वैदेशिक रोजगार, हामी सवैको सरोकार’ भन्ने नाराकासथ विभिन्न वैदेशिक रोजगार पीडिक समस्यामा परेकाहरुलाई सहयोग तथा उद्धार गर्दै आईरहेको संस्थाको अध्यक्ष दिपक कुमार राउतले जानकारी दिए । बिदेशमा बेचिएका,अलपत्र परेकाहरुको सहयोग, उद्दार गर्दै आईरको उनले बताए ।

संस्थाको महासचिव पर्वतराज निरौलाले सञ्चालन गरेको विमोचन कार्यक्रममा अपराध महासाखाका एसएसपी धिरज प्रताव सिंह, समाजसेवी चुडामणि ढकाल, दावा छिरिङ, किशोर सुनुवार, शुधिका राउत, नैना कुमारी तामाङ, नबिन खडका र सस्थाका पधाधिकारीहरुको उपस्थीती रहेको थियो ।