आलियाले गरिन् रणबीरको अभिनयको तारिफ

आलियाले गरिन्  रणबीरको अभिनयको तारिफ

नायक संजय दत्तको फिल्म ‘संजु’ मा रणबीर कपुरको अभिनयको तारिफ आलिया भट्टले पनि गरेकी छिन् । आलियाले संजु एक उत्कृष्ट फिल्म भएको र यसमा सबैले उत्कृष्ट काम गरेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘संजु निकै राम्रो फिल्म हो र यो फिल्ममा सबैले उत्कृष्ट काम गरेका छन् । रणबीरले फिल्ममा शानदार अभिनय गरेका छन् । म राजकुमार हिरानीको निकै ठूलो प्रशंसक हुँ र उनको फिल्म हेर्नका लागि आतुर छु । संजु पैसा वसुल छ ।’

बुवा ऋषिले भने, ‘विवाह कहिले गर्दै छौ ?’

यस्तै, रणबीरका बुवा ऋषि कपुरले ट्वीटरमा रणबीरलाई विवाह कहिले गर्ने भनेर प्रश्न सोधेका छन् । वास्तवमा रणबीर आफ्ना साथी अयान मुखर्जीसँग मुकेश अम्बानीका छोरा आकाशको प्रि–इन्गेजमेन्ट पार्टीमा समावेश भएका थिए र यसको फोटो ऋषिले सेयर गरेका छन् ।

यो फोटो सेयर गर्दै ऋषि कपूरले लेखे, ‘बेस्ट फ्रेन्ड, अब तपाईंहरु कहिले विवाह गर्दै हुनुहुन्छ ? यो सही समय हो ।’

सन् २०२० अघि हुनेछैन रणबीर–आलियाको विवाहः

बलिउडमा आजकाल रणबीर–आलियाको केमेस्ट्रि धेरै देखिएको छ र उनीहरुलाई थुप्रै पटक सँगै भेटिएको पनि छ ।

हालै रणबीर–आलियाका निकै नजिकका एक व्यक्तिले भनेका थिए, ‘आलिया अहिले आफ्नो करियरको निकै राम्रो अवस्थामा छिन् । उनी रणबीरलाई निकै माया गर्छिन् र दुबै एक अर्काप्रति निकै सिरियस छन् । उनीहरुले एकअर्कासँग पक्कै विवाह गर्छन् तर सन् २०२० भन्दा अघि यसको कुनै आशा छैन ।’

बलिउडमा आजकाल रणबीर–आलियाको केमेस्ट्रि धेरै देखिएको छ र उनीहरुलाई थुप्रै पटक सँगै भेटिएको पनि छ ।

हालै रणबीर–आलियाका निकै नजिकका एक व्यक्तिले भनेका थिए, ‘आलिया अहिले आफ्नो करियरको निकै राम्रो अवस्थामा छिन् । उनी रणबीरलाई निकै माया गर्छिन् र दुबै एक अर्काप्रति निकै सिरियस छन् । उनीहरुले एकअर्कासँग पक्कै विवाह गर्छन् तर सन् २०२० भन्दा अघि यसको कुनै आशा छैन ।’ एजेन्सी