कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण, को-को भए उत्तिर्ण ?

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उत्तीर्ण, को-को भए उत्तिर्ण ?

काठमाडौं – ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । सन् २०१९ को लागि लिइएको ईपीएस कोरिया भाषा परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो ।

ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाले जनाएको छ । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।

लिंकमा क्लिक गरेर हेर्नुस् नतिजा

https://drive.google.com/file/d/1uf3V5Ab6Yo98ZwgPKynIM_o2DVoKQejs/view