उमेश र कविताको रियल प्रेम – ‘बोबी’ द रियल लभस्टोरी (ट्रेलर)

 उमेश र कविताको रियल प्रेम – ‘बोबी’ द रियल लभस्टोरी  (ट्रेलर)

काठमाडौं – उमेश थापा र कविता गुरुङको रियल लभस्टोरी रिलमा उतारिएको चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

उमेश र कविता बीचको प्रेम, रोमान्स, विछोड लगायतका बिषयले ट्रेलरमा पनि समेटिएको देख्न सकिन्छ ।

दर्शकलाई रोमाञ्चित बनाउन यसपटक आफुले रियल कपलको प्रेमकथा उनकै अभिनयबाट देखाउन खोजेको निर्माता समेत रहेका निर्देशक मिलन चाम्सको भनाई छ ।

रियल जोडी उमेश र कविताको अलवा चलचित्रमा विजय लामा, रुबि राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पूर्णिमा लामा, शिशिर राणा लगायत कलाकारको अभिनय समेत समेटिएको छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथा पर्दामा उतार्ने काम सञ्चारकर्मी नरेश भट्टराइले गरेका हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा केही अगाडी भएको थियो ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।