विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्

विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन् ।

समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५:४५ बाट सुरु हुनेछ ।

समुह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १-० ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा बेलुका ८:४५ बजे समुह ‘डी’ का नाइजेरीया र आइसल्याण्ड भिड्नेछन् । सो खेल भोल्गोग्राड रंगशालामा हुनेछ ।

नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २-० ले पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको थियो । अघिल्लो चरणको यात्रा तय गर्न आइसल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ ।

त्यस्तै कालिनिन्गराड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११:४५ मा समुह ‘इ’ का सर्बिया र स्विजरल्याण्ड आमने सामने हुनेछन्  । अघिल्लो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ ।