गायिका मिनाको 'अलिकति पिरतीको बैना देउ' सार्वजनिक (भिडियो)

गायिका मिनाको 'अलिकति पिरतीको बैना देउ' सार्वजनिक (भिडियो)

काठमाडौं - दर्जनौं बढी गीतमा आवाज दिईसकेका गायिका मिना राईले भर्खरै आफ्नो नयाँ गीत बजारमा सार्वजनिक गरेकी छिन् ।

दर्जन गीत शिर्जना समेत गरिसकेकी गायिका मिनाले 'अलिकति पिरतीको बैना देउ' बोल रहेको गीतको म्युजिक भिडियो युटुव च्यानलमार्फत र्दशकमाझ ल्याएकी हुन् ।

विहिबार राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गर्दै मिनाले भनिन् - 'मेरो सिर्जना र आवाजलाई मन पराएर साथ दिईरहनु भएको छ, सबैप्रति एकदमै खुशि र आभारी छु' उनले भनिन् -फेरि अर्को नयाँ प्रयास गरेकी छु, यो गीतलाई पनि सल्लाह सुझाव दिएर यसरी नै माया दिन आग्रह गर्न चाहन्छु ।'

लोकपप शैलीको ‘अलिकति पिरतीको बैना देउ’ गीतको भिडियोमा नेपाल टेलिभिजनको डान्स रियालिटीको सो रियो छमछमी सिजन ३ का फस्ट रनर अप मनिता राई, मनि के राई, दिपेश राई र सपना मगरले राम्रो फिचरिङ गरेका छन् ।

मंगल राईको शब्द रहेको गीतमा गायिका मिनाको आवाज रहेको छ भने उनी स्वयमंले संगित पनि भरेकी छिन् ।

गोदावरी ओरीपरी छायांकन गरिएको उक्त भिडियोलाई देवराज गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

गाउँले इन्टरटेनमेण्टका सुरेस तमाङ र गंगाराम राईले छायँकन गरेका भिडियोमा गंगा राम राईले सम्पादन गरेका छन् ।

बुद्ध स्वाङबोको एरेन्ज रहेको गीतलाई भर्जिन रेर्कडिङ स्टुडियोमा कुमार सिंजालीले रेर्कडिङ गरेका हुन् ।
उक्त भिडियो सार्वजनिक कार्यक्रममा फिचरिङ कालकार र अन्य अतिथीहरुले भिडियो बारे प्रंशसा गर्दै बधाई शुभकामना दिएका थिए ।

भिडियो हेर्नुहोस्...=