फ्रान्स र पेरुबीच समूह ‘सी’ को दोस्रो खेलमा भिडन्त

फ्रान्स र पेरुबीच समूह ‘सी’ को दोस्रो खेलमा भिडन्त

काठमाडौं – २०१८ फिफा विश्वकपअन्तर्गत आज राति समूह ‘सी’ को दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुँदै छ ।

जितले फ्रान्सको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ। पेरुलाई पनि दोस्रो चरण पुग्न जित महत्वपुर्ण छ ।

फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेपनि सोचेअनुरुप खेल्न सकेन। त्यसैले फ्रान्सलाई आफ्नो खेल सुधार गर्न पर्ने चुनौती छ।

विश्वका उत्कृष्ट मिडफिल्डर र फरवार्ड भएको फ्रेन्च टिमले ुएट्याकिङ थर्डु ‘विपक्षी क्षेत्र’ दबाब बढाए गोल निकाल्न गाह्रो पर्नेछैन।

पहिलो खेलमा हात पारेको ३ अंकले फ्रान्सलाई सहज त भएको छ तर सोचे अनुरुप खेल्न नसक्दा दबाब थपिएको छ। त्यसलै पेरु विरुद्धको खेलमा प्रशिक्षक डिडियर डेस्चाम्सले युवा खेलाडीलाई विश्वास गर्लान् वा ओलिभर जिरुड र माटुइडीलाई स्थान देलान्रु, त्यो हेर्न बाँकी छ।