खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी !

खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी !

काठमाडौं - बुधबार भएको विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को आफ्नो दोस्रो खेलमा पोर्चुगल विजयी भएको छ । अफ्रिकी टोली मोरक्कोविरुद्ध पोर्चुगलले १(० ले हराएर जित दर्ता गरेको छ ।

पोर्चुगलका किष्टियानो रोनाल्डोले खेल सुरु भएको चार मिनेटमै मोरक्कोविरुद्ध गोल गरे । त्यही गोल नै निर्णयक बन्यो ।

मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् ।

खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । 
 मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

इरानसँग भएको पहिलो खेलमा पनि मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेर हार भोगेको थियो ।

राम्रो अवसर बनाउने र खेलमा नियन्त्रण गर्ने गरे पनि मोरक्कोको फिनिसिङमा भने कमजोरी देखियो ।