मोरक्कोले कसरी गर्लान् त रोनाल्डोको सामान ?

 मोरक्कोले कसरी गर्लान् त  रोनाल्डोको सामान ?

विश्वकप फुटबलमा समुह बी मा रहेका यी दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः ४५ मा सुरु हुनेछ । विश्वकप फुटबलमा आज राति मोरक्कोले पोर्चुगलको सामना गर्दैछ ।

दुवै टोलीले समुहको दोस्रो खेल खेल्न लागेका हुन् । समुह चरणको पहलो खेलमा मारक्कोले ईरानसँग १—० ले पराजय भोगेको थियो । 

मोरक्कोले आत्मघाती गोल गर्दै ईरानसँग पराजय भोगेको थियो । यता पोर्चुगलले भने उपाधिको प्रवल दावेदार मानिएको स्पेनसँग ३—३ को बराबरी खेल्दै अंक बाँडेको थियो । 

स्पेनसँग सनसनीपुर्ण खेलमा पोर्चुगलका क्याप्टेन क्रिस्टियानो रोनाल्डो ह्याटिक गरेका थिए ।

ईरान विरुद्धको आफ्नो पहिलो खेल गुमाएका कारण दोस्रो चरणको यात्रा गर्ने हो भने मोरक्कोले पनि यस खेल जित्नुपर्ने हुन्छ । तर, क्रिष्ट्रियानो रोनाल्डो फर्ममा भएकाले उनलाई कसरी रोक्ने भन्नेमा मोरक्कोले निकै ध्यान दिनुपर्ने हुन्छ ।