'नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार द्विपक्षीय सहकार्य अझ बलियो बनाउने'

'नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार द्विपक्षीय सहकार्य अझ बलियो बनाउने'

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् ।

मंगलबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली मंगलबार साँझ आयोजित कार्यक्रममा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा द्विपक्षीय सहकार्य अझ बलियो बनाउने बताए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली दूतावासको विच्याट एकाउन्टको पनि उद्घाटन गरेका बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका थिए ।