एजीनले ल्याए जापानबाटै 'याद आउँछ' (भिडियो)

 एजीनले ल्याए जापानबाटै 'याद आउँछ' (भिडियो)
 एजीनले ल्याए जापानबाटै 'याद आउँछ' (भिडियो)

काठमाडौं - गायक एजीन राईले 'याद आउँछ' बोल रहेको गीत सार्वजनिक गरेका छन् । दुई बर्षअघिदेखि जापानमा बस्दै आईरहेका एजीनले याद आउँछ गीतको लिरिकल भिडियो युटुवमार्फत सर्वाजनिक गरेका हुन् ।

एजीनको आवाजमा रहेको गीतको शब्द तथा संगीत स्यान्डी राईको रहेको छ भने गीतको लिरिकल भिडियो सम्पादन मिलन आठपहरियाले गरेका हुन् ।

आफ्नो आवाजमा गीत रेकर्ड गराएर सार्वजनिक गर्न पाउँदा उनी निकै खुशि छन् । उनी रेकर्डिष्ट पनि हन्, उनले केहि बर्ष अघि नेपालमै रहँदा थुप्रैको आवाजमा गीतहरु रेकर्ड गराएका थिए । जापानलाई कर्मथलो बनाईरहेका एजिनले अन्य गीतहरु पनि ल्याउने बताए ।

सानैदेखि गीत संगीत भनेपछि मरिहत्ते गर्ने एजीनले गायन प्रतियोगिताबाट थुप्रै पुरुस्कारहरु पनि जितिसकेको छन् ।
केहि समय जापानको बसाईपछि नेपालमै आएर गीत संगीतलाई निरन्तरता दिने उनको भनाई छ ।
हेर्नुहोस् भिडियो...