फुटबलमा पेनाल्टीको ईतिहास: कहिलेदेखि सुरु भएको थियो सुटआउट ?

फुटबलमा पेनाल्टीको ईतिहास: कहिलेदेखि सुरु भएको थियो सुटआउट ?

सन् १९७० मा पहिलोपटक फुटबलमा पेनाल्टी सुटआउटको प्रायोग गरिएको इतिहास छ । त्योभन्दा पहिला ‘ड्र’ लाई छुट्याउन गोलाप्रथा वा सिक्कालाई उफारिन्थ्यो ।

सन् १९८२ को फिफा विश्वकपमा पहिलोपटक पेनाल्टी सुटआउट भएको थियो । जर्मनी र फ्रान्सको बीचमा भएको त्यो पेनाल्टी सुटआउटमा जर्मनीले आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।

तर, एक जर्मन रेफ्री कार्ल वाल्डले पेनाल्टी सुटआउटको प्रस्ताव युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) मा प्रस्ताव गरेका थिए । यसले त्यतिबेला सबैलाई अचम्ममा पार्यो । धेरैले भने, ‘एक गोलकिपर र एक खेलाडीको बीचमा ५ ‘किक’ हानेर कसरी खेलको निर्णय हुन सक्छ ? तर, त्यो प्रयोग सफल भयो ।

जर्मन रेफ्री कार्ल वाल्ड ९० वर्षभन्दा बढी बाँचे । उनले सन् १९३६ को विश्वकपमा पहिलोपटक रेफ्रीको भूमिका निभाएका थिए । ४० वर्षमा एक हजार म्याचको रेफ्री बनेका वाल्डले विरोधका बाबजुद पनि सन् १९७० देखि नै सबै खेलमा पेनाल्टी सुटआउन अनिवार्य बनाए ।

युइएफएद्वारा यसको मान्यता दिएपछि जर्मन फुटबल एसोसिएसनले यसको मान्यता दियो । त्यसपछि फिफाले पनि यसलाई मान्यता दियो ।

तर, सन् १९९४ मा विश्वकप फुटबलको फाइनल नतिजा नै पेनाल्टी सुटआउटबाट निर्धारण गरिएको थियो । ब्राजिल र इटालीबीचको यो विश्वकप फाइनलमा ब्राजिलले चौथोपटक बाजी मारेको थियो । बिजेता नै पेनाल्टी सुटआउटबाट भएको यो नै पहिलो घटना थियो ।