नगद सहित बिनोद खम्बुलाई प्रतिभा पुरुस्कारको सम्मान

 नगद सहित बिनोद खम्बुलाई प्रतिभा पुरुस्कारको सम्मान

काठमाडौं – किरात राई सांस्कृतिक कलाकार संघले संगीतकार तथा गायक बिनोद खम्बुलाइ सम्मान गरेको छ।

संघको १३ औं स्थापना दिवसको अवसरमा खम्बुलाई नगद ११ हजार १ सय ११ सहित ‘प्रतिभा पुरस्कार’ले सम्मान गरिएको हो ।

एक दशक अघिदेखि साँगीतिक क्षेत्रमा होमिएका उनले सय बढी गीतहरुमा आवाज दिईसकेका छन् भने कयौँ गीतहरुमा संगीत भरेका छन् । खम्बुलाई किरात राई संस्कृति कलाकार संघले फेटा गुथेर नगदसहित सम्मान पत्र प्रदान गरेको छ ।

किरात राई समुदायका कलाक्षेत्रमा सक्रिय प्रतिभाहरुलाई हौसला बढाउन हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गरिने गरिएको आयोजकको भनाई छ ।

त्यस्तै संघले गायिका पार्वती राईलाई पनि नगद ११ हजार १ सय ११ सहित ‘संगीत सम्मान’ प्रदान गरेका छ, भने छायाँकार युवराज राई वीरबहादुरलाई पनि नगद १५ हजारसहित सम्मान प्रदान गरेको छ ।

पुरस्कृत तथा सम्मानीतहरुलाई वरिष्ठ गायक तथा कलाकर्मी जीतेन राई लगायतले नगद, प्रमाणपत्र र फेटा प्रदान गरेका थिए ।

शनिबार ललितपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजीत कार्यक्रममा सम्मानसँगै गायन प्रतिष्पर्धा र नृत्य पनि प्रस्तुत गरिएको थियो ।