ट्रम्प–किमको सिंगापुरमा वार्ता : के छ किमको एजेन्डामा ?

 ट्रम्प–किमको सिंगापुरमा वार्ता : के छ किमको एजेन्डामा ?

दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पगेका छन् ।

यदि सबैकुरा निर्धारित तालिका अनुरुप भए मंगलबारको दिन यो ऐतिहासिक भेटघाट सम्भव हुनेछ ।

अमेरिकाले भेटघाट अपघ उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर यसको बदलामा उत्तर कोरिया के चाहन्छ त्यो स्पष्ट हुन सकेको थिएन ।

तर अब उत्तर कोरियाली नेता किम जोंग उनले डोनल्ड ट्रम्पसँगको आफ्नो भेटघाटको एजेन्डा केही हदसम्म स्पष्ट पारेका छन् ।

उनका अनुसार उनी ट्रम्पसँग ‘पूर्णतः शान्ति स्थापित गर्ने तरिका’ बारे कुराकानी गर्नेछन् ।

सिंगापुरले खर्चनेछ १ अर्ब ६१ करोड:

किमले संसारभरीको नजर यो भेटघाटमा अडिएकोसमेत बताएका छन् । यता ट्रम्पले भने उक्त भेटघाट सकारात्मक हुने महसुस भएको बताएका छन् ।

आइतबार सिंगापुर पुगेपछि दुबै नेता अलग होटलमा बसिरहेका छन् । एकतर्फ जहाँ किम सिंगापुरको पाँचतारे होटल सेन्ट रेजिसमा बसिरहेका छन् भने ट्रम्प त्योभन्दा केही परको सांग्रिला होटलमा बसिरहेका छन् ।

दुबैको भेट सेनटोसा द्वीपको कपेले होटलमा हुने निश्चित भएको छ । सिंगापुरका विदेशमन्त्री विवियन बालकृष्णनले भनेका छन्, ‘हामी निष्पक्ष, विश्वासयोग्य र सुरक्षित छौं, त्यसैले हामीलाई चुनिएको हो । मलाई लाग्छ सिंगापुरका जनताले यस वार्तामा गर्व गर्नेछन् ।’

उनका अनुसार सिंगापुर आफैले वार्ताको स्थान प्रस्ताव गरेको थिएन बरु अमेरिकीहरु आफैले सधैं भन्ने गरेका थिए ।

विश्वमै सिंगापुर एक सुरक्षित र व्यवस्थित शहरको रुपमा चिनिन्छ, जहाँ अभिव्यक्ति स्वतन्त्रता र जनसभालाई सुक्ष्म निगरानी गरिन्छ ।

सिंगापुर र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध ७० को दशकदेखि हो । तर, उत्तर कोरियाले छैठौं परमाणु परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिवन्धलाई मध्यनजर गर्दै सिंगापुरले उत्तर कोरियासँग कारोबारको सम्बन्ध तोडेको थियो ।

सिंगापुर उत्तर कोरियाको राजधानी प्योङ्याङ्गसँग अपेक्षाकृत निकट छ ।

सिंगापुरमा अमेरिका र उत्तर कोरिया दुवै देशका दूतावास छन् । यसको मतलव यहाँ दुवै देशबीच गोप्य सम्वादको सम्भावना पनि छ ।

यस शिखर सम्मेलन आयोजनाका लागि सिंगापुर नै किन उपयुक्त विकल्प भयो ? यस प्रश्नको जवाफ सिंगापुरका नेताहरुले दिँदै आएका छन् । प्रधानमन्त्री ली शियन लुंगका अनुसार सिंगापुर दुवै देशका लागि राजनीतिक रुपमा स्वीकार्य छ किनकि दुवै देशसँग सिंगापुरको मित्रतापूर्ण सम्वन्ध छ । एजेन्सी