यसरी धसियो नालीमा जुम्लामा तारा एयरलाइन्सको विमान

 यसरी धसियो नालीमा जुम्लामा तारा एयरलाइन्सको विमान

काठमाडौं– नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज दुर्घटनाबाट जोगिएको छ ।

विमान विमानस्थल अवतरणका क्रममा टायर पञ्चट भई रनवे छेउको नाला कटेरै जोतिएको थियो ।   जुम्लामा तारा एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको हो ।

विमानमा सबार क्याप्टेन जे के निरौलासहित १८ जना यात्रु सकुसल रहेको यति एयरलाईन्सका बजार व्यवस्थापक भीमराज राईले रातोपाटीलाई जानकारी दिएका छन् । 

टायर पञ्चट भएर अनियन्त्रित भई विमान जोतिएपछि अगाडिको भागमा सामान्य क्षति भएको छ ।